Premier Cables
Premier Steel

अर्थ

दैलेखको प्राकृतिक ग्याँस भण्डार चीनको अध्ययनले पुष्टि, नेपाललाई ५० वर्ष पुग्ने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०५, २०८२  | बिहान १०:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । दैलेखको जलजले क्षेत्रमा गरिएको प्रारम्भिक भौगर्भिक अध्ययनबाट झण्डै ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको पुष्टि भएको छ। चीनको सरकारी संस्था चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनी द्वारा गरिएको अनुसन्धानले नेपाललाई ५० वर्षसम्म पुग्ने ग्यास भण्डार रहेको प्रारम्भिक रिपोर्ट दिएको छ, जसले सरकारी अधिकारीहरूलाई उत्साहित बनाएको छ।

२०७९ साल वैशाख २८ गतेदेखि सुरु गरिएको ड्रिलिङमार्फत चार हजार मिटर गहिराइसम्म जमिन खनिएको थियो। प्रारम्भिक रूपमा जमिन मुनिबाट ग्यासको गन्ध आएको देखिएपछि नमूना परीक्षणका लागि चट्टान चीन लगिएको थियो।

बिज्ञापन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी का अनुसार, उक्त ग्यास मिथेन हो भन्ने संकेत प्रारम्भिक रिपोर्टले दिएको छ। मिथेन ग्यासलाई पेट्रोलियम पदार्थको स्वच्छ विकल्पको रूपमा लिइन्छ। यो ग्यासबाट गाडी चलाउन, बिजुली उत्पादन गर्न, घरायसी प्रयोग तथा हाइड्रोजन छुट्याएर मल उद्योगका लागि अमोनिया उत्पादन गर्न सकिने छ।

खानी तथा भूगर्भ विभागअन्तर्गत पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलका अनुसार मिथेन ग्यासको प्रयोग बहुआयामिक रूपमा गर्न सकिने भएकाले यसको उत्पादन र उपयोगको योजना महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

दैलेखका विभिन्न स्थानहरूमा स्वतः आगो बलिरहने गरेको स्थानीयको भनाइलाई वैज्ञानिकहरूले ग्यासको सतही रिसावसँग जोडेका छन्।

मन्त्री भण्डारीले भने, “ड्रिल गरिएको स्थानबाट नेपाललाई ५० वर्ष पुग्ने ग्यास पाइएको पुष्टि भएको छ। विस्तृत प्रतिवेदन डिसेम्बरसम्म प्राप्त हुने अपेक्षा गरिएको छ। त्यसपछि परीक्षणको रूपमा ७५ दिनको सेड्युलमा उत्पादन सुरु गर्ने योजना छ, जसको लागि ६५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।”

२०७२ सालमा भारतले लगाएको नाकाबन्दीका कारण इन्धन संकट उत्पन्न भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग पेट्रोलियम अन्वेषणमा सहकार्यको पहल गरेको थियो। त्यसयता विभिन्न सम्भावित खानी क्षेत्रमा चिनियाँ टोलीले नमूना संकलन गरेका थिए।

नेपालमा हालसम्म १० वटा पेट्रोलियम ब्लक छुट्याइएको छ। व्यवस्थित रूपमा अन्वेषण कार्य भने सन् १९९७ यता सुरु गरिएको हो। त्यसअघि सन् १९७८र७९ मा विश्व बैंकको सहयोगमा ४८ हजार वर्गकिलोमिटर क्षेत्रमा गरिएको एयरबोर्न म्याग्नेटिक सर्वेक्षणबाट उत्साहजनक नतिजा आएको थियो।

हाल दैलेखमा मात्रै ड्रिलिङ गरिएको भए पनि अन्य तीन स्थानमा थप ड्रिलिङ गरिए ग्यासको मात्रा अझ बढ्ने सम्भावना रहेको मन्त्री भण्डारीको भनाइ छ। यदि यो ग्यास उत्पादन र व्यवसायिक उपयोगमा ल्याउन सके यसले नेपालले आर्थिक विकासमा समेत सहयोग पुग्ने सरकारको अपेक्षा छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka