Premier Cables
Premier Steel

विराटनगर

जेन-जी अगुवा मिराज ढुङ्गाना गगन थापालाई समर्थन गर्न सर्लाहीमा

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण १८, २०८२  | साँझ ४:४६ बजे
Hamro Biratnagar Headlines

विराटनगर। जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई समर्थन गर्न सर्लाही पुगेका छन् । ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही ४ पुगेका हुन् । 

मिराज त्यस्ता जेन–जी अगुवा हुन् जसले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएको थियो । 

माइतीघरबाट शुरू भएको उक्त जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम गर्ने तयारी थियो । 

उक्त आन्दोलनमा घुसपैठ हुनासाथ मिराजले सबै जेन–जीहरूलाई आन्दोलन आफूहरूको नियन्त्रणबाट बाहिर गएकाले सबैलाई घर फर्कन आह्वान गरेका थिए । 

त्यसयता उनका माग पूरा गर्नलाई अहिलेको जेन–जी सरकारलेसमेत कुनै पहल गरेन । त्यतिमात्र होइन मिराजले प्रधानमन्त्री सुशीला कार्कीलाईसमेत भेट्न पाएनन् । 

उनको टिमलाई सिंहदरबार प्रवेशमा समेत रोक लगाइएको थियो । 

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka