Premier Cables
Premier Steel

राष्ट्रिय

नेपालबाट खाडी देशहरूमा हुने २७ अन्तर्राष्ट्रिय उडान रद्द

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण १८, २०८२  | बिहान ९:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । खाडी मुलुकमा उत्पन्न तनावका कारण त्यहाँका ९ वटा मुलुकको आकाश बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार रातिसम्म अन्तर्राष्ट्रिय उडानतर्फ कुल २७ वटा उडान (आगमन/प्रस्थान) रद्द भएका छन्।

विमानस्थलका अनुसार सोही दिन ७१ वटा अन्तर्राष्ट्रिय उडान (आगमन/प्रस्थान) भने सफलतापूर्वक सञ्चालन भएका थिए।

बिज्ञापन

विमानस्थलका प्रवक्ता सन्तुष्ट बस्नेतले उक्त तथ्याङ्क पुष्टि गर्दै रद्द भएका उडानबारे यात्रुहरूलाई पूर्वसूचना दिइएको जानकारी दिए ।

सामान्य अवस्था मा काठमाडौं विमानस्थलमा प्रतिदिन सय हाराहारी अन्तर्राष्ट्रिय उडान हुन्छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka