Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ २ः शिवरात्रिमा बगडिया शिवचर्चामा, मिनेन्द्र मुस्लिम टोलमा !

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण ०३, २०८२  | राती ९:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ क्षेत्र नम्बर २ का एमाले उमेदवार दिलिप बगडियाले आफ्नो निर्वाचन कार्यक्रमलाई तीव्रता दिएका छन् । रंगेली नगरपालिकामा निकै राम्रो काम गरेर चर्चामा रहेका उनले आइतबार विभिन्न स्थानीय धार्मिक मठमन्दिरको दर्शन गरेका छन् । बगडियाले आफ्नो निर्वाचन क्षेत्रमा शिवरात्रिको अवसरमा आयोजना गरिएको शिवचर्चामा सहभागिता जनाएका छन् ।

उनी अपरान्ह सुनवर्षी नगरपालिकाको पटियापाडामा आयोजना गरिएको शिवचर्चामा पुगेका थिए । उनले त्यहाँ आफू धार्मिक मन भएको व्यक्ति भएको बताउँदै धार्मिक क्षेत्रको विकासमा सदैवश सक्रिय रहने प्रतिवद्धता जनाए  । स्थानीय भक्तजनले दिएको प्रसाद ग्रहण गरे । भेटी चढाए अनि सही उमेदवार चयन गर्न भन्दै विदा भए ।

बिज्ञापन

उनले भने,‘‘म रंगेली नगरपालिकाको मेयर हुँदासमेत धार्मिक क्षेत्रको प्रवर्धन गर्न, मठमन्दिर निर्माण गर्न, जीर्ण धार्मिक क्षेत्रको संरक्षण गर्न सक्रिय थिएँ । म धार्मिक मन भएको मानिस हुँ, तपाइँहरुसँगै संधै यसैगरी हुनेछु ।’’

आइतबार सोही क्षेत्रका कांग्रेस उमेदवार मिनेन्द्र रिजाल पनि चुनावी कार्यक्रममा सक्रिय थिए । उनी पनि सुनवर्षी क्षेत्रमा चुनावी कार्यक्रमहरुमा सहभागी भएका थिए । तर, एमाले उमेदवार बगडिया शिवचर्चामा सहभागी हुँदा रिजाल भने सनवर्षी नगरपालिका वडा नम्बर ९ को मुस्लिम बहुल क्षेत्रमा सक्रिय देखिएका थिए । मस्जिद नजिकै कार्यक्रम आयोजना गरिएको थियो ।

उनले सहिदगञ्जस्थित मुस्लिम टोल पुगेर आफनो घरदैलो कार्यक्रम गरेका थिए । त्यहाँका स्थानीयले चुनावका बेला नेताहरु आउने गरेको तर आफ्नो समुदायको लागि आश्वासन दिने तर काम नगर्ने गरेको गुनासो गरेका थिए । त्यहाँस्थित मस्जिदको घेराबारा गर्नसमेत सहयोग नभएको स्थानीयले बताएका थिए ।

हिन्दी भाषामा भाषण गरेका रिजाललाई स्थानीयले पहिले उनैले जितेर जाँदासमेत काम नगरेको आरोप लगाएका थिए । रिजालले भने जेनजी आन्दोलनका कारण धेरै कुरा अझ बिग्रिएको, कोभिडका कारण खासै काम गर्न नसकेको तर खोप भने उपलब्ध गराएको दाबी गरेका थिए । स्थानीय मुस्लिम अगुवाहरुले भने भोटका बेला नेता मत माग्न आउने र आफूहरुको जनमत लिएर गएपछि फर्किएर नआउने गरेको भन्दै रिजाललाई समेत आरोप लगाएका थिए ।

मतदाताबाट कडा प्रश्न र टिप्पणी आएपछि रिजालले आफूलाई फेरि एक पटक अवसर दिन भन्दै स्थानीय तह, प्रदेश र संघीय सरकारमा कांग्रेस गएपछि काम गर्ने आश्वासन दिएका थिए ।

उता, मोरङ ५ का एमाले उमेदवार मनोज अग्रवाल र जसपाका राजकुमार यादव पनि मठमन्दिर दर्शनमा निस्किएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेनले लगाएको ‘ट्राउजर भाईरल’ भएपछि विराटनगरमा बनाउन भ्याई नभ्याई

Clock Iconसोमबार, जेठ ११, २०८३

संचालनमा नआउँदै विराटनगरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

Clock Iconसोमबार, जेठ ११, २०८३

बैंकका कर्मचारीलाई अतिरिक्त काम नलगाउन राष्ट्र बैंकको निर्देशन

Clock Iconआइतबार, जेठ १०, २०८३

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

साताको अन्तिम कारोबारमा नेप्से १६ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Clock Iconशुक्रबार, जेठ ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka