Premier Cables
Premier Steel

राष्ट्रिय

हाम्रो विराटनगरको भिडियो क्लिप काटेर बगडियाले हर्क साम्पाङलाई ‘सपोर्ट’ गरेको भ्रम फैलाइयो

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण ०१, २०८२  | अपराह्न २:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)को तर्फबाट मोरङ क्षेत्र नम्बर २ का लागि उम्मेदवार दिलिप बगडियाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको प्रशंसा गरेको भन्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

बगडियाले हर्क साम्पाङ जनताको माझमा गएर काम गर्न सक्ने क्षमताको मान्छे भएको बताएको दाबी गरिएको छ। हाम्रो विराटनगर डटकमले लिएको अन्तरर्वाताको क्लिप काटेर यस्तो भ्रामक सन्देश फैलाइएको पुष्टि भएको छ ।

बिज्ञापन

तर, नेपाल फ्याक्ट चेकले गरेको तथ्य जाँचले भने बगडियाको धारणाको सन्दर्भ अर्कै रहेको र छोटो क्लिपलाई काँटछाँट गरी भाइरल बनाइएको पुष्टि गरेको छ। यसबारे अनलाइन खबरमा फ्याक्ट चेक सम्बन्धी पूर्ण विवरणको समाचार प्रकासन भएको छ ।

के हो दाबी ?

‘हर्क साम्पाङ ए रेभोल्युसन सपोर्टर’  नामको फेसबुक पेजले शनिबार (फेब्रुअरी ७) राति ‘श्रम संस्कृति पार्टी’ नामक फेसबुक ग्रुपमा एउटा भिडियो अपलोड गर्‍यो। ४ हजार ५ सय बढी फलोअर्स भएको उक्त फेसबुक पेजले ५८ हजार ७ सय बढी मेम्बर भएको सो ग्रुपमा अपलोड गरेको भिडियोमा तीन वटा फ्रेमहरू देखाइएको छ।

एउटा फ्रेममा एक व्यक्तिलाई देखाइएको छ भने बीचको फ्रेममा आगामी प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा ९एमाले०बाट मोरङ क्षेत्र नम्बर २ का लागि दिलिप बगडिया बोल्दै छन्। साथै, तेस्रो फ्रेममा सुनसरी क्षेत्र नं। ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार बनेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धरानको मेयर हुँदा गरेका कामहरूको दृश्य देखाइएको छ।

एमालेबाट मोरङ-२ का उम्मेदवार दिलिप बगडियाले हर्क साम्पाङको प्रशंसा गरेको जस्तो देखिने १७ सेकेन्डको उक्त भिडियोमा बगडियाले भनेका छन्, ‘जनताको माझमा गएर, भूईँमा गएर जनतासँग बसेर काम गर्न सक्ने क्षमताको मान्छे चाहियो। जातले हुँदैन। पैसाले हुँदैन। धर्मले हुँदैन। त्यो कुरा तपाईँ राम्ररी बुझ्नुभाछ ।’

हामीले तथ्य जाँच गर्दैगर्दा उक्त भिडियोमा ९ हजार ७ सय बढी रियाक्सन, ३ सय २३ कमेन्ट र ६ सय ४१ पटक शेयर गरिएको छ भने भिडियोलाई ७६ हजार बढी पटक हेरिएको छ।

 

सोही १७ सेकेन्डको भिडियोलाई फेब्रुअरी २ तारिख सोमबार दिउँसो १ः३८ बजे सोही ‘हर्क साम्पाङ ए रेभोल्युसन सपोर्टर’ नामक फेसबुक पेजमा पनि अपलोड गरिएको छ । हामीले तथ्यजाँच गर्दैगर्दा उक्त भिडियोमा २३५ लाइक, १७ कमेन्ट र २४ पटक शेयर गरिएको छ भने भिडियोलाई २ हजार पटक हेरिएको छ ।

 

के हो तथ्य ?

तथ्यजाँच गर्ने क्रममा हामीले दिलिप बगडियाका अन्तर्वार्ताहरू खोज्यौँ। सोही क्रममा हामीले ‘रंगेली बनाए जस्तै क्षेत्र बनाउने छु स् दिलिप बगडिया’ शीर्षकसहित हाम्रो विराटनगर नामक युट्युब च्यानलमा सन् २०२६ जनवरी २२ मा अपलोड गरिएको अन्तर्वार्ता फेला पार्‍यौँ।

४२ मिनेट लामो अन्तर्वार्ताको क्रममा ३८ मिनेट ३० सेकेन्डपछि प्रस्तोताले सोध्छन् – ‘अर्को एउटा कुरा मार्केटमा धेरै छ, यो कुरा तपाईँसँग पनि आइपुगेको होला। अघि तपाईँले भन्नुभयो, दिलिप बगडिया बिजनेस घरानाको मान्छे हो, पैसा यो पालि खोलो बगाउँछ, गाह्रो छ दिलिप बगडियालाई हराउन। किनभने पैसा त ऊसँग टनाटन छ, पैसा बाँडेर जसरी पनि जित्छ भनेर, यसलाई कसरी लिनुभाछ ?’

त्यसपछि दिलिप बगडिया जवाफ दिँदै भन्छन् – ‘त्यसो भए त गोल्छा, दुगड त सबै प्रधानमन्त्री भइहाल्छ नि। पैसावाला जम्मै हुने हो भने त यहाँ प्रधानमन्त्री अरूको त सपनै नदेखे हुन्छ नि। म भन्दा धनाढ्य कति छन् छन्। पैसैले देश हाँक्न मिल्ने हो भने त प्रधानमन्त्री बन्दा भइहाल्यो नि पैसाले ।’

प्रस्तोता पुनः प्रतिप्रश्न गर्छन्- ‘पैसाले हुँदैन ?’

त्यसपछि बगडियाले पुनः जवाफ दिँदै भन्छन् – ‘जनताको माझमा गएर, भुईँमा गएर जनतासँग बसेर काम गर्न सक्ने क्षमताको मान्छे चाहियो । जातले हुँदैन। पैसाले हुँदैन। धर्मले हुँदैन । त्यो कुरा तपाईँ राम्ररी बुझ्नुभाछ । म मजाले बुझेको छु ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेनले लगाएको ‘ट्राउजर भाईरल’ भएपछि विराटनगरमा बनाउन भ्याई नभ्याई

Clock Iconसोमबार, जेठ ११, २०८३

संचालनमा नआउँदै विराटनगरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

Clock Iconसोमबार, जेठ ११, २०८३

बैंकका कर्मचारीलाई अतिरिक्त काम नलगाउन राष्ट्र बैंकको निर्देशन

Clock Iconआइतबार, जेठ १०, २०८३

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

साताको अन्तिम कारोबारमा नेप्से १६ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Clock Iconशुक्रबार, जेठ ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka