Premier Cables
Premier Steel

कोशी प्रदेश

दिलिप बगडिया अघि कस्तो थियो रंगेली, अहिले कस्तो भयो ? (श्रृखंला १)

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण ०१, २०८२  | बिहान ११:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको रंगेलीको चमक अहिले फेरिएको छ । पहिले जिल्ला सदरमुकाम विराटनगर सरेपछि धेरै मानिस बसाइँ हिंडेका थिए । व्यापार व्यवसाय सुस्त थियो ।

सडकको राम्रो प्रबन्ध थिएन । किसानका समस्या उस्तै थिए । साँघुरो र फोहोर देखिने रंगेलीप्रति मानिसहरुको खासै ध्यान थिएन । रंगेली खासमा हेपाइतीमा परेको थियो । सरकार र अन्यको पनि । तर, रंगेलीलाई कायाकल्प बनाउने काम त्यहाँका मेयर दिलिप बगडियाले गरिदिए ।

बिज्ञापन

रंगेली पिछडिएको पछि धेरै समयसम्म निर्माणको कार्य अघि बढ्यो । सडक फराकिला बने । गाउँगाउँमा व्यवस्थित सडक पुगे । पिच बने । एक हिसाबले निरासा मात्र थियो । तर, स्थानीय तह निर्वाचनपछि दिलिप बगडिया मेयर पदमा निर्वाचित भएपछि स्पष्ट योजना र खाका बुने । उनकै प्रयासले अहिले रंगेलीको मुहार फेरिएको छ ।

अहिले चुनावका बेला अरु दलका उमेदवारलाई जनताले तपाइँले के काम गर्नुभयो ? हाम्रा लागि के भयो ? के जिम्मेवारी पूरा गर्नुभयो ? भन्दै प्रश्न गरिरहेका छन् । त्यहाँका जनताको मत लिएर चुनाव जित्ने योजनासाथ पुगेका उनीहरुसँग जवाफ हुँदैन । मोरङ २ मा नेकपा एमालेबाट उमेदवार बनेका बगडियालाई यो समस्या छैन् । उनले जवाफ दिनैपर्दैन जनताले नै उत्तर दिईरहेका छन् ।

‘तपाइँले गरेरै रंगेलीले मुहार फेरेको हो, तपाइँलाई धेरै धन्यवाद छ’ । उमेदवार बगडियाले आफूले जनताको साथ लिएर नै रंगेलीलाई नयाँ पहिचान दिलाउन सफल भएको बताए । उनले भने,‘‘मैले हेपिएको रंगेलीको जगलाई अझ बलियो बनाएर नयाँ स्वरुप दिन सकें, अझै धेरै काम गर्नुपर्ने छ । म केन्द्रीय राजनीतिमा गएर अझ धेरै विकास गर्न चाहन्छु ।’’

यो श्रृंखलामा हाम्रो विराटनगर डटकमले रंगेलीको विकास र नयाँ स्वरुप बनाउन बगडियाको योगदानको चर्चा गर्दै जाने छौं ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बालेनले लगाएको ‘ट्राउजर भाईरल’ भएपछि विराटनगरमा बनाउन भ्याई नभ्याई

Clock Iconसोमबार, जेठ ११, २०८३

संचालनमा नआउँदै विराटनगरको पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ संकटमा, ईक्रा रेटिङमा झन तल खस्कियो

Clock Iconसोमबार, जेठ ११, २०८३

बैंकका कर्मचारीलाई अतिरिक्त काम नलगाउन राष्ट्र बैंकको निर्देशन

Clock Iconआइतबार, जेठ १०, २०८३

विराटनगरका उधोगी नवीन रिजाल एफएनसीसीआई केन्द्रीय सदस्यमा मनोनित

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

कोशी प्रदेशमा उच्च मूल्य कृषिजन्य वस्तुको उत्पादन र निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

Clock Iconशुक्रबार, जेठ ०८, २०८३

साताको अन्तिम कारोबारमा नेप्से १६ अंकले बढ्यो, कारोबार रकम पनि उकालो

Clock Iconशुक्रबार, जेठ ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka