Premier Cables
Premier Steel

कोशी प्रदेश

सहिद रंगशालामा फ्लड लाइट, पदाधिकारीले दिए घिमिरेलाई धन्यवाद

अधिवक्ता राजकुमार सिवाकोटी Calendar बिहिबार, माघ २२, २०८२  | अपराह्न २:२० बजे

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभामा नेकपा (एमाले) का उमेदवार जीवन घिमिरेले बिहीबार विराट गोल्डकप फुटबल ट्रष्टका पदाधिकारीसँग छलफल गरेका छन् ।

विराटनगरस्थित सहिद रंगशालामा घिमिरेले ट्रष्टका पदाधिकारीहरुसँग खेलकुद विकासको सम्भावनाका विषयमा छलफल गरेका हुन् ।

त्यस अवसरमा उपस्थिति पदाधिकारीले घिमिरे सामाजिक विकास मन्त्री भएका बेला लिएको पहलकै कारण सहिद रंगशालामा फ्लड लाईट जडान सम्भव भएको भन्दै उनलाई धन्यवाद दिएका थिए ।

ऐतिहासिक विराट गोल्डकप तत्कालीन पञ्चायती कालमा महेन्द्र गोल्डकपको नाममा हुने गरेको थियो । पछि रात्रिकालीन प्रतियोगिताहरु फ्लड लाईट जडानपछि हुन शुरु भएको हो ।

विराट गोल्डकप फुटबल ट्रष्टका महासचिव दिनेश बस्नेतले यस पटकदेखि विराट गोल्डकप ३८ औं संस्करणको रुपमा संचालन गरिने बताए ।

उनले भने,‘‘विगतको इतिहासलाई समेत एकीकृत गर्दै सबै खेल भएका वर्षहरुको गणना गरी नयाँ संस्करण गर्न लागिएको हो ।’’ उनले रंगशालाको स्तरोन्नति र लाईट जडानका लागि घिमिरेलाई धन्यवाद दिए ।

घिमिरेले आफू प्रदेश सरकारको मन्त्री छँदा निकै ठूलो मेहनत गरी फ्लड लाईट जडानको कार्य सम्पन्न गराएको बताए । उनले यो विराटनगरबासीका लागि गर्वको विषय हुनुका साथै नयाँ पुस्ताका लागि प्रदेश सरकारको उपहार पनि भएको सुनाए ।

छलफलमा ट्रष्टका वरिष्ठ सल्लाहकार सन्तोष बानियाँ,ट्रष्टका प्रवक्ता धनकुमार लामा लगायत सहभागी थिए ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka