Premier Cables
Premier Steel

कोशी प्रदेश

वीरेन्द्र सभागृहमा माघ २५ गतेबाट कोशी प्रदेश सभा बैठक, मासिक आठ लाख भाडा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ १५, २०८२  | अपराह्न २:५९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभाको आगामी हिउँदे अधिवेशन माघ २५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो मितिमा दिउँसो २ बजेदेखि प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

बिज्ञापन

बैठकका निर्णय सार्वजनिक गर्दै आन्तरिक मामला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रदेश सभाको आफ्नै भवन र सचिवालय निर्माणाधीन अवस्थामा रहेकाले वैकल्पिक रूपमा विराटनगरस्थित वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार सभागृह मासिक आठ लाख रुपैयाँ भाडा तिर्ने गरी प्रयोग गरिनेछ।

मन्त्रिपरिषद् बैठकले प्रदेशको विकास र कानुनी संरचनासँग सम्बन्धित थप छ वटा महत्त्वपूर्ण निर्णय पनि गरेको छ। बैठकले मन्त्रिपरिषद्को कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जन भई आएको कोशी प्रदेश योजना आयोग गठन तथा सञ्चालन (गठन आदेश) २०८२ लाई स्वीकृति दिएको छ।

यसैगरी, प्रदेशमा कानुनी सहायता प्रणालीलाई संस्थागत गर्न कोशी प्रदेश कानुनी सहायता विधेयक को मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ।

विकास आयोजनातर्फ नेपाल र जापान सरकारबीचको सहकार्यमा सञ्चालित कोशी पम्प चन्द्र नहर सिँचाइ आयोजना मा प्रयोग हुने सवारी साधनहरूलाई कर छुट दिने प्रस्ताव पनि पारित गरिएको छ। साथै, ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेश सरकारका तर्फबाट साढे १२ प्रतिशत म्याचिङ फण्ड उपलब्ध गराउने निर्णय गरिएको छ। उक्त कार्यक्रममा संघीय सरकारले ७७ करोड रुपैयाँ पुँजीगत र ७० लाख रुपैयाँ चालु खर्च उपलब्ध गराएको छ।

त्यसैगरी, विपन्न नागरिकको आवासको अधिकार सुनिश्चित गर्न कोशी जनता आवास सम्बन्धी मापदण्डसहितको कार्यविधि २०८२ लाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka