नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । कोसी प्रदेश सभाको आठौं अधिवेशन सोमबार मध्यराति १२ बजेदेखि अन्त्य भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले अधिवेशन अन्त्य गरेका हुन् । प्रतिनिधि सभाको निर्वाचनका कारण स्थगित थियो ।
यो अधिवेशनमा १५ बैटक बसेको थियो । यस अवधिमा तीनवटा विधेयक प्रदेश पारित भएको सभामुख अम्बर बहादुर विष्टले जानकारी दिएका छन् ।
सभाले अनुन्धान तथा प्रशिक्षण तथा ऐन २०७९ संशोधन गर्न बनेको विधेयक विधेयक, प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कोशी प्रदेश आमसंचार सम्बन्धमा बनेको विधेयक पारित गरेको छ ।
चालू अधिवेशनमा दर्ता भएका दुई र गत वर्ष दर्ता भएको एक विधेयक पारित भएको हो ।
यो अधिवेशनबाट प्रश्नोत्तरको समेत व्यवस्था गरिएको थियो । प्रदेश सभा सदस्यले उठाएका प्रश्नहरुमाथि सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए ।
