Premier Cables

अपराध

दम्पत्ती हत्या आरोपमा चार जनामाथि अनुसन्धान शुरु

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, माघ १३, २०८२  | अपराह्न १२:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

ओखलढुङ्गा । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेमा एक महिना नबित्दै फेरि वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ। यसअघि सोही क्षेत्रमा मगर दम्पतीको हत्या भएको घटनाले अझै त्रास कायम रहँदै गर्दा पुनः राई दम्पती मृत अवस्थामा फेला परेका हुन्।

भदौरे वडा नं. ६ को बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयका अनुसार पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ।

विज्ञापन

प्रहरीका अनुसार घरको दोस्रो तलामा रहेको सुत्ने कोठामा खाटमा सिरक ओढिएको अवस्थामा चन्द्रविक्रम राईको शव फेला परेको थियो भने उनकी पत्नी चन्द्रमाया राईको शव खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा भेटिएको हो। घटनाको जानकारी आज बिहान करिब ७:४० बजे प्रहरी चौकी निशङ्खेमा प्राप्त भएको थियो।

सूचना पाउने बित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। “घटनास्थल सुरक्षित गरिएको छ, थप अनुसन्धान र सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ,” उनले बताए।

यसअघि गत १५ पुसमा भदौरेकै गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या भएको थियो। त्यसभन्दा अगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की) को पनि हत्या भएको थियो। ती घटनामा संलग्न रहेको आरोपमा मिलन भनिने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भनिने अशोक भुजेल गरी चार जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उस्तै प्रकृतिका हत्याका घटनाहरू पुनः दोहोरिनुले स्थानीयवासीमा गहिरो त्रास फैलिएको छ। शृङ्खलाबद्ध रूपमा भइरहेका हत्याले गाउँघरको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठेको भन्दै स्थानीयले दोषी पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउन प्रहरीसँग माग गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka