Premier Cables

राजनीति

मधेस प्रदेशसभाका पूर्वसभामुखले दिए राजीनामा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | अपराह्न १२:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुरधाम । मधेस प्रदेशसभाका पूर्वसभामुख रामचन्द्र मण्डलले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्।

उनले सोमबार (माघ ५) प्रदेशसभा सचिवालयमा आफ्नो राजीनामापत्र बुझाएका हुन्।

विज्ञापन

मण्डल धनुषा निर्वाचन क्षेत्र नम्बर–१ ‘ख’ बाट नेकपा (एमाले) का तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। अब उनी एमालेकै तर्फबाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

यसअघि प्रदेशसभाले पदीय आचरणविपरीतको प्रस्ताव पारित गरेपछि मण्डल सभामुख पदबाट हटाइएका थिए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka