Premier Cables
Premier Steel

राष्ट्रिय

सुख्खाग्रस्त मधेश : प्रधानमन्त्रीले गरे आकाशबाट अवलोकन

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०९, २०८२  | अपराह्न १:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका सुक्खाग्रस्त क्षेत्रको शुक्रबार हवाई अवलोकन गरेका छन्।

महोत्तरी र बारामा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले सोही अवसरमा हेलिकोप्टरमार्फत सुक्खाको असर परेका क्षेत्र निरीक्षण गरेका हुन्।

बिज्ञापन

सरकारले साउन ७ गते बसेको मन्त्रिपरिषद्को बैठकमार्फत तीन महिनाका लागि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।

वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएपछि त्यसको समाधान खोज्न प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्रीहरू, प्रदेश सरकार र उच्च अधिकारीहरूसँग छलफल गरिसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

सरकारले सुक्खाबाट प्रभावित किसानको समस्या सम्बोधन गर्न आवश्यक राहत तथा दीर्घकालीन योजना कार्यान्वयन गर्ने तयारी गरिरहेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka