Premier Cables
Premier Steel

कोशी प्रदेश

सिनेमा, कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य अझै आवश्यक: मन्त्री पराजुली

कलाक्षेत्रको उन्नयनमा जुट्न आग्रह

Calendar शनिबार, माघ ०३, २०८२  | राती ८:२५ बजे

विराटनगर । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् ।

मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलियामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्वाारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण सम्मान तथा वृहत् चलचित्रकर्मी भेलालाई संवोधन गर्दै मन्त्री पराजुलीले यस्तो बताएका हुन् ।

बिज्ञापन

मन्त्री पराजुलीले कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचारलाई कलाकारहरूले सिनेमा र अन्य कलामार्फत प्रचार गर्दा पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताए । कलाकारका माध्यमबाट जाने सन्देशबाट पनि प्रदेशको आर्थिक तथा सांस्कृतिक पहिचान सुदृढ हुने विश्वास पनि व्यक्त गरे । उनले कोशी प्रदेशमा छायांकन हुने चलचित्रहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्ने बताए ।

मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको चलचित्र सुटिङ भवन समेत बन्न्ने कुराबाट आफूखुसी भएको भन्दै मन्त्री पराजुलीले कलाक्षेत्रको उन्नयनमा जुट्न कलाकारहरुलाई आग्रह गरे ।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी तथा नायक शिव श्रेष्ठ, बरिष्ठ चलचित्रकर्मी तथा निर्देशक रमेश बुढाथोकी,परान फिल्मका लेखक तथा निर्देशक दिपक आचार्य लगायतलाई सम्मान तथा पूर्व क्षेत्रका १ सयभन्दा बढी कलाकारलाई परिचय पत्र प्रदान गरिएको थियो ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka