Premier Cables
Premier Steel

विराटनगर

मोरङ ४ मा एमालेबाट मनोज विक्रम शाहको चर्चा

Calendar बुधबार, पुष ३०, २०८२  | साँझ ७:३४ बजे

विराटनगर । फागुन २१ गतेको आम निर्वाचन नजिकिदो छ । अधिकांश दलहरुले उमेदवारसमेत सिफारिस गरिसकेका छन् ।

प्रतिनिधि सभातर्फ निर्वाचन नजिकिँदै गर्दा देशैभरि राजनीतिक तापक्रमसमेत चुलिँदो छ। चिया चौतारीदेखि सामाजिक सञ्जालसम्म चुनावी बहस शुरु भईसकेको छ । यसै क्रममा “अब पुरानै अनुहार कि नयाँ ” भन्ने बहस पनि चल्दै छ ।

बिज्ञापन

यसपटक मतदाताको मन पुराना दलबाटै भए पनि पुरानै पात्रप्रति भन्दा नयाँ नाम, नयाँ सोच र नयाँ जोश बोकेका युवातर्फ बढी ढल्किएको विश्लेषण हुँदैछ । दलले उम्मेदवार सिफारिस गरिसकेपछि अब कस्ले टिकट पाउने हुन ? भन्ने परिचर्चा पनि छ ।

पुराना दलभित्रै पनि “काम गरेर देखाइसकेकालाई होइन, काम गरेर देखाउनेलाई मौका देऊ” भन्ने आवाज बुलन्द बन्दै गएको छ। अवसर पाइसकेकाको पुनरावृत्ति भन्दा अवसर नपाएका तर सम्भावनायुक्त युवालाई अघि सार्दा जितको बाटो सहज हुने विश्लेषण बढ्दै गएको छ।

यही सन्दर्भमा मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका तर्फबाट सिफारिस भएका युवा व्यवसायी मनोज विक्रम शाहको नाम चर्चाको शिखरमा छ।

राजनीतिक रंगभन्दा बाहिर बसेर सामाजिक उत्तरदायित्व र व्यवसायिक कर्ममार्फत परिचित बनेका साह हल्लाभन्दा काममा विश्वास गर्ने पात्रका रूपमा चिनिन्छन्।

पार्टीभित्र कुनै औपचारिक पद नलिए पनि लामो समयदेखि संगठनका लागि निस्वार्थ रूपमा खटिँदै आएका साहलाई एमालेभित्रै नयाँ, स्वच्छ र निरविवादित विकल्प का रूपमा हेरिएको छ। उनको नाम सिफारिस भएसँगै धेरैले यसलाई परिवर्तनको संकेत र नयाँ युगको सङ्केत का रूपमा लिएका छन्।

विराटनगर–२ निवासी साह दलको राजनीतिभन्दा जनताको पीडा बुझ्ने राजनीतिमा विश्वास गर्ने व्यक्ति हुन्।

“सबै विदेशिन बाध्य हुनु हुँदैन, यहीँ पसिना बगाएर भविष्य बनाउने वातावरण राज्यले बनाउनुपर्छ” भन्ने उनको भनाइ छ । उनले युवामाझ छुट्टै आशा जगाएउँदै आएका छन् । रोजगारी, उद्यमशीलता र स्थानीय सम्भावनाको उपयोग उनका प्राथमिक सरोकार भएको बताएका छन् ।

देश परिवर्तनको मोडमा उभिएको यो बेला मोरङ–४ का लागि मनोज विक्रम साह उपयुक्त विकल्प भएको चर्चा अहिले चोक–चौतारीदेखि बुद्धिजीवी वृत्तसम्म फैलिएको छ।

६ निर्वाचन क्षेत्र रहेको मोरङमा दलहरूले माघ ४ गतेसम्म उम्मेदवारको टुंगो लगाउने तयारी गरेका छन्।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka