कार्यालयमा आगजनी र तोडफोड विरुद्ध एमालेले उजुरी दिँदै
नोट: यो समाचार १ महिना अघिको हो
शुक्रबार, मंसिर १९, २०८२ |
अपराह्न २:५६ बजे
विराटनगर। नेकपा एमाले मोरङले जिल्लास्थित पार्टी कार्यालय तथा मातहतका संरचनामा भएको आगजनी र तोडफोड घटनाविरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ।
शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले जेनजी आन्दोलनका क्रममा भएका क्षति–नोक्सानीबारे जानकारी दिँदै सोबारे एकमुष्ठ उजुरी दर्ता गर्ने निर्णय सार्वजनिक गरेको हो।
बिज्ञापन
जिल्ला इन्चार्ज जीवन घिमिरेले मोरङमा भएका आगजनी र तोडफोड घटनाहरूको प्रतिवेदन सार्वजनिक गर्दै भने, “आजै प्रशासनमा उजुरी दिदैँ छौँ।” उहाँले पार्टीका नेता–कार्यकर्ताका घरमा गरिएको आगजनीबारे पनि व्यक्तिगत रूपमा उजुरी पेश गरिने जानकारी दिए।