Premier Cables
Premier Steel

समाचार

बुद्ध एयरको प्रष्टीकरण: ढोका खोल्न प्रयास भएपनि जोखिमपूर्ण थियो

Calendar शनिबार, पुष १९, २०८२  | अपराह्न १:३७ बजे

काठमाडौं । बुद्ध एयरले झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त विमानको ढोका ‘विमान परिचारिकाले खोल्न नदिएको’ समाचारप्रति प्रष्टीकरण दिएको छ ।

विमान कम्पनीले उक्त समाचारप्रति आपत्ति जनाउँदै शुक्रबारको घटनाको वास्तविकता दाबीसहित प्रष्टीकरण दिएको हो ।

बिज्ञापन

विमान रनवेबाट बाहिर गएपछि बायाँपट्टि खाल्डो र पानी देखिएकाले सुरक्षाका कारण ढोका खोल्न जोखिमपूर्ण रहेको बुद्ध एयरको भनाइ छ ।

विमानको ढोका खोल्न परिचारिकाको प्रयासबारे पनि बुद्ध एयरले जानकारी दिएको छ । ‘विमान परिचारिकाले सुरक्षा प्रोटोकल पालना गर्दै दायाँपट्टिको ढोकाका लक खोलेका थिए,’ बुद्धले भनेको छ, ‘तर, ‘जाम’ भई नखुलेपछि उनी तत्काल यात्रुहरूलाई पछाडिको ‘सर्भिस ढोका’बाट सुरक्षित बाहिर निकाल्न अग्रसर भएका थिए ।’

सोही समयमा विमानमा सवार यात्रु उमेश मोक्तानले अगाडिपट्टिको दायाँ ढोका खोल्न र अन्य यात्रुहरूलाई तत्काल बाहिर निकाल्न महत्वपूर्ण सहयोग पुर्‍याएको बुद्ध एयरले जनाएको छ ।

‘संकटको घडीमा देखाउनुभएको साहस र सहयोगका लागि हामी यात्रु उमेश मोक्तानप्रति हार्दिक आभार प्रकट गर्दछौं,’ विमान कम्पनीले भनेको छ, ‘बुद्ध एयर उहाँको यस कार्यको कदर गर्दै उचित पुरस्कारद्वारा सम्मानित गर्ने घोषणा समेत गर्दछ ।’

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka