Premier Cables
Premier Steel

अर्थ

प्रविधिमा आधारित जनशक्ति विकासमा उद्योग संगठन मोरङको पहल

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष १८, २०८२  | अपराह्न १:५७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । उद्योग संगठन मोरङको आयोजना तथा इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा २४ दिने भेरिएबल फ्रिक्वेन्सी ड्राइभ प्रोग्रामिङ एण्ड मेन्टिनेन्स सम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरभित्र सञ्चालनमा रहेका विभिन्न उत्पादनमूलक उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिक जनशक्तिको क्षमता तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।

तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योग क्षेत्रमा प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेकोले परिवर्तित परिवेशमा उद्योगका प्राविधिक जनशक्तिलाई समयसापेक्ष सीप र दक्षताले सुसज्जित गर्नु अत्यन्त आवश्यक भएको वताए ।

अध्यक्ष राठीले उद्योगका उत्पादन प्लान्टहरूमा भीएफडीको प्रयोग दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा यसको प्रोग्रामिङ र मर्मतसम्भार सम्बन्धी दक्ष जनशक्तिको आवश्यकता भएको औल्याउदै तालिमले कार्यसम्पादन सुनिश्चित गर्न, ऊर्जा दक्षता अधिकतम बनाउन, उपकरणहरूको आयु बढाउन तथा औद्योगिक प्रक्रियाहरूलाई सुरक्षित र भरपर्दो बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

तालिमका प्रशिक्षक किरण मण्डलले भेरिएबल फ्रिक्वेन्सी ड्राइभ आधुनिक इलेक्ट्रोनिक मोटर नियन्त्रक भएकाले यसको प्रयोगले उल्लेखनीय ऊर्जा बचत, सहज सञ्चालन, स्वचालित प्रक्रियामा प्रभावकारी नियन्त्रण तथा औद्योगिक उत्पादन प्रणालीको समग्र कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पु¥याउने वताए ।

हाटखोला स्थित ज्ञान अटोमेशन एण्ड कन्ट्रोल सिस्टममा २४ दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा विभिन्न उद्योग प्रतिष्ठानहरूका २० जना प्राविधिक प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । संगठनले आगामी दिनहरूमा पनि यस क्षेत्रका उद्योग प्रतिष्ठानहरूको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमा आधारित तालिम तथा क्षमता विकास कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजनामा रहेको जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka