Premier Cables
Premier Steel

अर्थ

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि आव्हान

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन १५, २०८२  | बिहान १०:२४ बजे
Hamro Biratnagar Headlines

विराटनगर । राजविराज स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न ईच्छुक उद्योगीहरुका लागि उपलब्ध हुने सेवा, सुविधाका लगायतका विषयमा उद्योग संगठन मोरङ र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा अन्तरक्रिया भएको छ ।

अन्तरक्रियामा संगठनका अध्यक्ष् नन्दकिशोर राठीले वर्तमान समयमा नीजि क्षेत्रले उद्योग स्थापना गर्नका लागि आवश्यक पूर्वाधार विकासमा ठूलो रकम खर्च गर्नुपरिरहेकाले अन्य कुराको व्यवस्थापनमा कठिनाई सिर्जना हुदै आएको वताए । औद्योगिक क्षेत्रको आवश्यकतालाई मध्यनजर गरी संगठनले लामो समय देखि यस क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकार समक्ष्ँ पहल गर्दै आएतापनि यसतर्फ खासै प्रगति नभएको चिन्ता व्यक्त गर्दै अध्यक्ष्ँ राठीले औद्योगिक क्ष्ँेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष्ँलाई यस विषयमा पहल गर्न आग्रह गरे ।

बिज्ञापन

उनले देशमा औद्योगिक उत्पादन भन्दा व्यापारमा आधारित अर्थतन्त्रले प्रश्रय पाएको वताउदै स्पष्ट नीतिगत ढाचा, सहुलियत र आवश्यक पूर्वाधार सहितको औद्योगिक क्षेत्र स्थापना भए लगानीकर्ताहरू आकर्षित हुने धारणा राखे ।

औद्योगिक क्ष्ँेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष् बाबुराम पन्तले गजेन्द्र नारायण औद्योगिक क्षेत्र भित्र मझौला तथा साना उद्योगका लागि ८९.९१ रोपनी जग्गा विकसित गरिएको वताए । उनले क्षेत्र भित्र न्युनतम ५ रोपनी देखि अधिकतम ८ रोपनीसम्मका प्लटहरु रहेको, कालोपत्रे सडकको व्यवस्था भएको, २४ सै घण्टा बिद्युत आपूर्तीको सुविधा रहेको, छुट्टै सब–स्टेशनको व्यवस्था भएको जानकारी गराउदै उद्योग प्रयोजनका लागि ४० वर्षको लिज सम्झौता गर्न सकिने जानकारी गराए ।

हाल १२ वटा विभिन्न उद्योग सञ्चालनमा रहेको औद्योगिक क्षेत्रभित्र उद्योगको मिल मेशिनरी वा स्थिर सम्पत्ती बैंक वा वित्तिय संस्थामा राखी कार्यालयको सिफारिसमा कर्जा लिन सकिने स्पष्ट पार्दै जमिन भाडा प्रति रोपनी प्रति वर्ष रु. १३ हजार ८ सय एकानब्बे ५० पैसा तय गरिएको वताए । मझौला र साना उद्योग स्थापनामा लागि प्रचुर सम्भावना रहेको सो औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि उनले उद्योगी व्यवसायीलाई अनुरोध गरे ।

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका प्रमुख मनिष कुमार मिश्रले जग्गा, भवन वहाल लिन ईच्छुक उद्योगी व्यवसायीहरुले श्रावण २१ गतेसम्म प्रस्ताव पेश गर्न सक्ने वताउदै उनले उद्योगले कुनै कारण परी क्षेत्रभित्र सञ्चालित उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएमा भाडामा लिएको जग्गामा उद्योग आफैँले निर्माण गरेको भवन तथा भौतिक संरचना, मिलमेशिनरी जस्ता सम्पत्तिहरु स्वीकृति लिएर अन्य उद्योगलाई स्वामित्व हस्तान्तरण गरी बेचबिखन गर्नसक्ने जानकारी गराए । .

अन्तरक्रिया कार्यक्रममा मोरङ उद्योग व्यापार संघ, सुन्दरहरैचा, झुम्का उद्योग वाणिज्य संघ, नेपाली युवा उद्यमी मञ्च विराटनगरका प्रतिनिधिहरु, संगठनका कार्यसमिति सदस्यहरु, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka