Premier Cables
Premier Steel

राजनीति

नयाँ दल मिल्न थालेपछि पुरानालाई सकस, चुनावी गठजोडमा थाले छलफल

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष १८, २०८२  | बिहान ८:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नयाँ वैकल्पिक धारका राजनीतिक शक्तिहरू एकै ठाउँमा उभिएर चुनावी प्रतिस्पर्धामा उभिँदा पुराना तीन दलसमेत निर्वाचनमा सहकार्य गर्ने विषयमा गृहकार्यमा जुटेका छन् ।

जेन-जी आन्दोलनपछिको राजनीतिमा आएको परिवर्तनका मुद्दालाई एकै ठाउँमा उभिएर जाने विषयमा पुराना तीन दल नेपाली कांग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिष्ट पार्टीले सहकार्यको सम्भावनामा गृहकार्य थालेका हुन्।

बिज्ञापन

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र यसअघि विद्युत् प्राधिकरणका प्रमुखका रूपमा चर्चा कमाएका उर्जामन्त्री कुलमान घिसिङ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिएका छन्।

सातबुँदे सहमति नै भएर पार्टी सभापतिदेखि प्रधानमन्त्रीसम्मको बाँटफाँट भइसकेको छ । यसले परम्परागत राजनीतिक शक्तिहरूलाई धक्का दिन सक्ने बलियो शक्ति निर्माण भएको चर्चा हुन थालेको छ।

वैकल्पिक र अन्य नयाँ दल र समूहलाई पनि एक ठाउँमा ल्याउने प्रयास चलिरहेका छन्।

नयाँ राजनीतिक शक्तिहरू गठजोड र आक्रमणलाई रोक्न पनि पुराना लोकतान्त्रिक शक्तिहरू फागुन २१ गतेको निर्वाचनमा एक ठाउँमा उभिनुपर्ने आवाज ती दलबाट उठ्न थालेका छन्। दर्जनभन्दा बढी दल र समूह मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीलाई समेत त्यहि लाग्न थालेको छ।

तीन महिनाअघि सत्ताबाट एक्कासी सडकमा पुगेका कांग्रेस र एमाले संसद् पुनर्स्थापनाको मुद्दालाई प्रमुख एजेन्डा बनाएका छन् । नयाँ र वैकल्पिक दलहरूबीच सहकार्यको प्रयास चल्दा जेन-जी विद्रोहपछि किनारामा पुगेका कांग्रेस एमालेलगायत बितेको दशक बारम्बार सत्ताभोग गरेका दलहरू निसानामा पर्ने आंकलन छ।

त्यसो त एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ दलहरूको मिलनले आफूलाई कुनै असर नगर्ने भन्दै यसबीचमा भएका एकतालाई हियाइरहनुभएको छ। तर एमाले र कांग्रेसका नेताहरूले आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै परामर्श सुरू गरेका छन्।

औपचारिक छलफल नभए पनि नेताहरूबीच कुराकानी भइरहेको उनीहरूले खुलाए । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनलाई लिएर सहकार्य गर्ने विषयको छलफल अन्तिम चरणमा पुगेको नेताहरू स्वीकार गर्छन् ।

अहिलेको राजनीतिक जटिल परिस्थितिलाई अघि बढाउन पनि लोकतान्तिक शक्तिहरूबीच सहकार्य हुनुपर्ने कांग्रेसका नेताहरूको भनाइ छ ।

संसद पुनर्स्थापनाको मुद्दा उठाइरहेको भए पनि एमालेले निर्वाचनका लागि सबै प्रक्रिया पुरा गरिसकेको छ । प्रमुख दलहरूबीच निर्वाचनमा मोर्चाबन्दी गरेर जाने पक्षमा एमाले नरहे पनि एजेन्डामा सहकार्य गर्ने पक्षमा छ । यद्यपि औपचारिक छलफल नभएको सचिव राजन भट्टराई बताउनुहुन्छ ।

मुख्य तीन वैकल्पिक शक्तिहरू रास्वपामा उभिँदा र मधेशकेन्द्रीत दलहरू पनि समाजवादी मोर्चा बनाएर चुनावमा प्रतिस्पर्धामा उत्रिने सहमतिले पुराना तीन दललाई पनि मोर्चा कस्नुपर्ने बाध्यता आइपरेको हो ।

त्यसका लागि तीनै दलका नेताहरूले आन्तरिक गृहकार्य मात्र गरेका छैनन्, नेतृत्वसँग यसबारे छलफल समेत गरिरहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka