Premier Cables
Premier Steel

राजनीति

विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने भए सल्लाह गरौंः देउवा

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष १५, २०८२  | अपराह्न १२:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनअघि महाधिवेशन गरिँदा पार्टीभित्रको प्रतिस्पर्धाले चुनावमा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

मंगलबार केही पत्रकारहरूसँगको भेटघाटमा देउवाले यसबारे पार्टीका नेताहरूलाई सुझाव दिइसकेको बताए। यद्यपि, महाधिवेशन अगाडि नै गर्ने निर्णय भए आफू बाधक नबन्ने स्पष्ट पारे।

बिज्ञापन

देउवाले आफू १५औँ महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताए। “निर्वाचनअघि महाधिवेशन गर्दा पार्टीभित्रको प्रतिस्पर्धाको असर पर्छ भनेर मले बारम्बार भन्दै आएको छु,” उनले भने, “तर गर्ने निर्णयमा पुग्नुभयो भने मैले रोक्ने कुरा हुँदैन।”

उनका अनुसार विधानअनुसार आफू १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न नमिल्ने र त्यसप्रति आफ्नो इच्छा पनि नभएकाले अन्य नेताहरूलाई मात्र प्रोत्साहन गर्नेछन्।

त्यसैगरी, देउवाले विशेष महाधिवेशन नहुने स्पष्ट पारे। “विशेष महाधिवेशनमा गयो भने त्यसको प्रक्रिया र विधिबारे फेरि विवाद हुन्छ,” उनले भने, “त्यसकारण विशेष महाधिवेशन हुँदैन। नियमित महाधिवेशन गर्ने हो भने आपसी सहमतिमा गर्न सकिन्छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka