Premier Cables
Premier Steel

राष्ट्रिय

देउवा निवासमा जलेका नोटको छानबिन कसरी अघि बढ्दैछ ?

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज १०, २०८२  | बिहान १०:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा आगजनीमा परेका नेताहरूको घरमा भेटिएको नगद रकमको विषयमा औपचारिक छानबिन सुरु गरेको छ।

भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा देउवाको निवासमा आगजनी हुँदा ठूलो परिमाणमा जलेका नोटहरू भेटिएको समाचार सार्वजनिक भएको थियो।

बिज्ञापन

घटनापछि ती नोटहरूको स्रोत र प्रयोजनको विषयमा शंका उत्पन्न भएपछि सरकारका विभिन्न निकायले छानबिन प्रक्रिया अघि बढाएका छन्। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा दिएको सम्बोधनमा पनि घटनाको उल्लेख गर्दै छानबिन सुरु भएको पुष्टि गरेकी थिइन्।

उनले भनिन्, “प्रदर्शनको क्रममा नेताहरूको निजी घरमा आगजनी हुँदा भेटिएको नगद रकमबारे सम्बन्धित निकायहरूले छानबिन अघि बढाइसकेका छन्।”

फरेन्सिक जांच गरिने
एक उच्च सरकारी अधिकारीका अनुसार देउवा निवासबाट संकलन गरिएका जलेका नोटका टुक्राहरू फरेन्सिक परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाइएको छ। “परिक्षणपछि मात्रै त्यो रकमको वास्तविकता खुल्नेछ,” उनले बताए।

यद्यपि, घटनास्थलमा भेटिएको प्रमाण सीमित रहेको – विशेषगरी केही टुक्रा र भिडियो बाहेक अन्य ठोस भौतिक प्रमाण नभएको जानकारी पनि स्रोतले दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka