Premier Cables

राष्ट्रिय

पूर्वप्रधानमन्त्री देउवा हङकङमा घाइते, बाथरुममा चिप्लिएर दायाँ हात भाँचियो

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०१, २०८३  | अपराह्न ३:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं ।‌नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते हुनुभएको छ। केही दिनअघि आफू बसिरहेको आवासको बाथरुममा लड्दा उहाँको दायाँ हात भाँचिएको हो।

​देउवानिकट पारिवारिक स्रोतका अनुसार, दुर्घटना लगत्तै उहाँलाई स्थानीय अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा आवश्यक उपचार र प्लास्टर गरिएपछि उहाँ डिस्चार्ज भइसक्नुभएको छ र हाल चिकित्सकको सल्लाह बमोजिम आराम गरिरहनुभएको छ।

गएको फागुन १३ गते थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएका देउवा, त्यहाँको उपचार सकेर चैत ७ गते हङकङ पुग्नुभएको थियो। हाल उहाँ हङकङमै रहँदै आउनुभएको छ।

विज्ञापन

केही समययता उहाँ पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँगै हङकङका विभिन्न स्थानमा हिँडडुल गरिरहेका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka