Premier Cables
Premier Steel

अर्थ

एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

Calendar बिहिबार, पुष १०, २०८२  | अपराह्न ३:५९ बजे

काठमाण्डौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अशोक कुमार अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष पदमा नियुक्त भएका छन् ।

पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले आजकै मितिदेखि लागू हुनेगरी अग्रवाललाई उक्त पदमा नियुक्त गरेको हो ।

बिज्ञापन

नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले आजै नेपाल राष्ट्र बैंकका गर्भनर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएका थिए ।

बैंकको अध्यक्ष पदमा नियुक्त उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन् ।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै सफलताको थप उचाई प्राप्त गर्नुका साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka