Premier Cables
Premier Steel

अर्थ

बैंकहरूको नाफा १२.२९ प्रतिशतले बढ्यो, सबैभन्दा धेरै निष्क्रिय कर्जा एनआईसी एसियाको

एनआईसी एसियाको निस्कृय कर्जा ८.८५ प्रतिशत

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख १५, २०८३  | अपराह्न १२:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको नाफामा सुधार देखिएको छ। साउनदेखि चैतसम्मको अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल ४९ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएका छन्, जुन गत वर्षको सोही अवधिको ४३ अर्ब ७४ करोड रुपैयाँको तुलनामा १२.२९ प्रतिशत बढी हो।

निष्क्रिय कर्जाका लागि छुट्याउनुपर्ने प्रावधान रकम घट्नु, ब्याज आम्दानीमा सामान्य वृद्धि हुनु तथा अन्य आम्दानी बढ्नु नाफा सुधारका मुख्य कारण मानिएको छ।

बिज्ञापन

यद्यपि, सबै बैंकको अवस्था समान छैन। ६ वटा वाणिज्य बैंकको नाफा चारदेखि ५५ प्रतिशतसम्म घटेको छ। नाफा घट्ने बैंकमा प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्।

यीमध्ये प्रभु बैंकको नाफा सबैभन्दा धेरै ५५ प्रतिशतले घटेर १ अर्ब ८७ करोड रुपैयाँबाट ८५ करोड रुपैयाँमा सीमित भएको छ। बैंकका केही सञ्चालक र प्रमुख कार्यकारी अधिकृत कर्जा अपचलनलगायत विषयमा कानुनी कारबाहीमा परेका छन्।

उता, राष्ट्रिय वाणिज्य बैंकको नाफा सबैभन्दा धेरै १३० प्रतिशतले बढेर २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। नाफाको रकमका आधारमा भने नबिल बैंक अग्रस्थानमा रहेको छ। नबिलले ६ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएको छ।

बैंकहरूको निष्क्रिय कर्जा भने अझै उच्च देखिएको छ। गत वर्ष औसत ४.९८ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यसपटक बढेर ५.२५ प्रतिशत पुगेको छ। पाँच बैंकको निष्क्रिय कर्जा सात प्रतिशतभन्दा माथि पुगेको छ। प्रभु, हिमालयन, एनआइसी एसिया, कुमारी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा यस्तो अनुपात उच्च देखिएको हो।

बैंकहरूको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानीमा भने सामान्य सुधार देखिएको छ। गत वर्ष १ खर्ब ३९ अर्ब रुपैयाँ रहेको यस्तो आम्दानी बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज आम्दानी २३ प्रतिशतले बढेर ८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।

तर सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट, एनआइसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड र हिमालयन बैंकको खुद ब्याज आम्दानी घटेको छ। एनआइसी एसिया बैंकको खुद ब्याज आम्दानी सबैभन्दा धेरै २१ प्रतिशतले घटेर ६ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ।

बैंकहरूको लाभांश वितरण क्षमतामा पनि फरक अवस्था देखिएको छ। २० मध्ये ५ बैंक तत्काल नाफाबाट लाभांश वितरण गर्न सक्ने अवस्थामा छैनन् भने हालकै अवस्था कायम रहे तीन बैंकले २० प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने देखिएको छ।

यस अवधिमा बैंकहरूको औसत प्रतिसेयर आम्दानी १७ रुपैयाँ पुगेको छ, जुन गत वर्षको १४ रुपैयाँ ५३ पैसाको तुलनामा सुधार हो।

बैंकहरूको नाफा करोडमा

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka