विराटनगर । विराटनगरको मेनरोड जैन भवन छेउमा अवस्थित एनआईसी एसिया बैंकको एटिएम मेसिन तोडफोड भएको छ । गएराति अज्ञात समूहले एटिएम रहेको बाहिरी कोठामा पसेर तोडफोड गरेको हो ।
बैंकले जनाएअनुसार चोरी गर्ने उद्देश्यासथ तोेडफोड भएको देखिएको छ । घटनाबारे प्रहरीलाई समेत जानकारी गराइएको छ ।
बिज्ञापन
एटिएम मेसिनमा रहेको रकम भने सुरक्षित नै रहेको बताइएको छ । तर, वडा प्रहरी कार्यालयबाट मुस्किलले दुईतीन सय मिटर दक्षिणतर्फ रहेको एटिएममा कसले तोडफोड गरी रकम चोरी गर्न खोजको थियो भन्ने खुल्न सकेको छैन ।
यसअघि पनि विराटनगरका एटिएमबाट रकम चोरी गर्ने प्रयास भएका थिए । तर, त्यस्ता घटनामा संलग्नको पहिचान भएको छैन् । बैंक तथा वित्तीय क्षेत्र रहेका क्षेत्रहरुका सुरक्षा व्यवस्था मजबुत बनाउन यसअघि पनि बैंकरहरुले माग गरेका थिए ।