Premier Cables
Premier Steel

राजनीति

दोस्रो कारोबार दिन पनि घट्यो शेयर बजार

Calendar सोमबार, पुष ०७, २०८२  | साँझ ४:०३ बजे

काठमाडौ । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

नेप्सेमा यो बिहीबारदेखि लगातारको गिरावट हो । सोमबार नेप्से १३.८८ अंकले घटेर २ हजार ५८१.२१ विन्दुमा कायम रहेको छ ।

बिज्ञापन

आज सेयरबजारमा ३३२ कम्पनीका सेयर कारोबार भएका छन् । जसमध्ये ५४ कम्पनीका सेयरमूल्य बढेका छन् भने २०० कम्पनीका सेयरमूलय भने घटेका छन् ।

आज सेयरबजारमा ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर ३ अर्ब ५१ करोड ५९ लाख ३१ हजार रुपैयाँमा कारोबार भएका छन् । कारोबार रकम पनि आइतबारको तुलनामा १ अर्ब १ करोड रुपैयाँले कमी हो ।

आज सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक मात्रै सकारात्मक रहेको छ । अरु बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् ।

सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको परिसूचक १.२६ प्रतिशतले घटेको छ । एसवाई प्यानल नेपाल, सिटिजन बैंकका डिवेञ्चरमा लगानीकर्ता तथा केविएल डिवेञ्चरमा लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

सबैभन्दा धेरै गुमाउनेमा भने मानुशी लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था तथा स्वस्तिक लघुवित्त वित्तीय संसथाका सेयरधनी रहेका छन् । कारोबार रकमका हिसाबले लुम्बिनी विकास बैंक अग्रस्थानमा रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka