Premier Cables
Premier Steel

शेयर बजार

कारोबारसँगै शेयर बजार बढ्यो

Calendar बुधबार, पुष १६, २०८२  | साँझ ४:१९ बजे

काठमाडौ । बुधबार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से १०.८७ अंकले बढेर २ हजार ६३३.७६ विन्दुमा कायम भएको हो ।

बुधबार सेयरबजारमा ३४२ कम्पनीका सेयर कारोबार भएका छन् । ती मध्ये १६३ कम्पनीका सेयरमूल्य बढेका छन् भने ८९ कम्पनीका सेयरमूल्यमा भने गिरावट आएको छ ।

बिज्ञापन

आज कुल १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर ५ अर्ब १३ करोड ४८ लाख ५० हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम मंगलबारको तुलनामा ३६ करोड रुपैयाँले बढी यो । मंगलबार ४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरका सेयर कारोबार भएका थिए ।

सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमा सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै उत्पादनशील समूहको परिसूचक १.६१ प्रतिशतले बढेको छ । एसवाई प्यानल नेपाल, न्यादी हाइड्रोपावर लिमिटेड तथा पिओर इनर्जी लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।

सबैभन्दा बढी गुमाउनेमा भने वेन नेपाल लघुवित्त वित्तीय संस्था, सिटिजन बैंकका डिवेञ्चरमा लगानीकर्ता तथा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका सेयरधनी रहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka