Premier Cables
Premier Steel

राजनीति

भ्रष्टहरूले बिगारेको देश हामी बनाउंछौ: हर्क साम्पाङ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, मंसिर २७, २०८२  | साँझ ५:३९ बजे
Hamro Biratnagar Headlines

खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका छन् ।

दिक्तेलमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले ७० वर्षदेखि भ्रष्टहरूले बिगारेको देश श्रम संस्कृति पार्टीले बनाउने दाबी गरेका हुन् । स्रोत साधनले भरिपूर्ण देशमा भ्रष्टहरूले शासन चलाएकाले गरिब भएर हेपिनु परेको समेत साम्पाङले जनाए ।

बिज्ञापन

दृष्टिकोणबिनाका नेताहरूलाई चुनेकाले स्वर्गजस्तो देश भए पनि गरिब हुनु परेको साम्पाङले बताए । ‘नेता भएपछि दृष्टिकोण हुनु पर्छ, दृष्टिकोणबिनाको नेतालाई चुन्दा दुःख पाएको हो,’ साम्पाङले भने, ‘समस्या पहिचान गर्न नसक्ने नेता हुन सक्दैन, समस्या पहिचान गर्न सके पनि समाधान गर्न सक्दैन, त्यस्तोलाई नेता सम्झ्यौं, अब त्यस्तो गल्ति गर्नु हुँदैन ।’

विदेशीको ऋण लिएर विकास गर्छु भन्ने अनि ऋण लिएर आधाको काम गर्ने र आधाले आफ्नो घर बनाउने नेतालाई भुलेर पनि नेता मान्न नहुने साम्पाङको भनाइ छ । अब विदेशीको ऋणले होइन, आफ्नै स्रोत साधन र पाखुराले देशको विकास गर्नुपर्ने समेत साम्पाङले बताए ।

‘विदेशी ऋण लिएर विकास गर्छु भन्ने, ऋण लिएर आधाले काम गर्ने, आधाले आफ्नो घर बनाउनेलाई नेता मान्नु हुँदैन, घरी युद्धको नाममा, घरी के को नाममा सत्तामा पुगेर भ्रष्टाचार गर्ने न्यूनतम मान्छेसमेत नभएकालाई नेता मान्नै हुँदैन,’ साम्पाङले भने, ‘अब विदेशीको ऋणले होइन, आफ्नै स्रोत साधन र पाखुराले देशको विकास गनु पर्छ ।’

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka