Premier Cables
Premier Steel

राष्ट्रिय

हर्क साम्पाङद्वारा प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज ११, २०८२  | बिहान ९:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीमाथि ‘जेनजीको भावना अनुसार काम गर्न नसकेको’ आरोप लगाउँदै राजीनामा दिन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर साम्पाङले भनेका छन्, “सुशीला जी… तपाईंले जेनजीको मर्मअनुसारको काम गर्न सक्नुभएन! राजीनामा दिनुहोस्! म गर्छु, म पूरा गर्छु उनीहरूको माग, एक-एक गर्दै!”

बिज्ञापन

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेको केही दिन मात्र भएको छ भने उनको मन्त्रिपरिषद् अहिलेसम्म पूर्ण भएको छैन। अहिलेसम्म दुई चरणमा गरिएको मन्त्रिपरिषद् विस्तारपछि मन्त्रीहरूको संख्या ८ पुगेको छ। कार्की सहित मन्त्रिपरिषदमा हाल ९ मन्त्रालय छन्, जहाँ केही मन्त्रीहरूले दुईभन्दा बढी मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।

‘नयाँ पुस्ता’ अर्थात् युवाहरुको दबाबमा गठन भएको सरकारमा प्रधानमन्त्री कार्कीसहित धेरैजसो मन्त्रीहरू ७० वर्ष आसपासका भएपछि आलोचना चुलिएको छ। युवाहरुले अपेक्षा गरेजस्तो नेतृत्व नआएको भन्दै सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa