नोट: यो समाचार २ महिना अघिको हो
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पुराना दल र नेतासँग नयाँ भिजन केही नरहेकाले केही नगर्ने बताएका छन् ।
ललितपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले नयाँ विचार, चरित्र र व्यवहार केही नभएकाले एमाले, कांग्रेस र नेकपाबाट देश विकास नहुने बताए ।
“जेनजीको आन्दोलन कसले गरायो, किन गरायो त्यो चलखेलको कुरा छ । सरकार गठन गर्ने, सांसद चयन गर्ने समय होइन यो,” उनले भने, “जेनजीको आन्दोलनमा चलखेलका थुप्रै कुरा छन् । परिवर्तनका लागि सडकमा आएका जेनजीमाथि षडयन्त्र भएको छ ।”
सर्वसाधारण र किसानको सुरक्षाका लागि आफ्नो पार्टीले काम गर्ने उनले बताए ।
विकासमा चीनसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउने आफ्नो लक्ष्य रहेको पनि उनले सुनाए ।
साम्पाङले भने, “हाम्रा सांसद सदनमा गएर सुतेछन् भने साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिनेछ ।”
