Premier Cables
Premier Steel

अपराध

प्रतिबन्धित ब्राउन सुगरसहित ४ जना पक्राउ

Calendar शुक्रबार, मंसिर २६, २०८२  | साँझ ४:१६ बजे

मोरङ । मोरङका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंसिर २५ गते विराटनगर–४ मा गरिएको चेकजाँचका क्रममा जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले सुनसरीको हरिनगर गाउँपालिका–७ का हविव खाँ र हरिनगर–४ का इरसाद आलमलाई १३१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

बिज्ञापन

यस्तै, इलाका प्रहरी कार्यालय रंगेलीले रंगेली नगरपालिका–४ बाट धरान–६ का निश्चल काफ्ले र बेलबारी–१० का सरोज डोटेललाई १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka