Premier Cables
Premier Steel

विराटनगर

रोटरी क्लब अफ बिराटनगर डाउनटाउनद्वारा दुई विद्यालयलाई खेलकुद सामग्री वितरण

Calendar शुक्रबार, मंसिर २६, २०८२  | बिहान १०:५२ बजे

बिराटनगर । रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले आज नगरपालिकासँगको समन्वय तथा सिफारिसका आधारमा दुई विद्यालयलाई खेलकुद सामग्री वितरण गरेको छ।

क्लबले जनता आधारभूत विद्यालय बिराटनगर–१८ र महामाया भगवती आधारभूत विद्यालय बिराटनगर-१६ मा पुगेर विविध खेल सामग्री हस्तान्तरण गरेको हो।

बिज्ञापन

वितरण गरिएको सामग्रीमा १४ थान ब्याडमिन्टन र्‍याकेट, २ भलिबल, १ भलिबल नेट, २ फुटबल, १ ब्याडमिन्टन नेट, १० सेट स्कीपिङ रोप, २ सेट लुडो, १ क्यारम बोर्ड, क्यारम गोटी तथा स्ट्राइकर सेट, क्रिकेट ब्याट, स्टम्प र २ क्रिकेट बल समावेश थिए। खेलकुदमा रुचि जगाउँदै विद्यार्थीहरूको शारीरिक विकास तथा तन्दुरुस्तीलाई प्रोत्साहन गर्ने उद्देश्यले सामग्री उपलब्ध गराइएको क्लब अध्यक्ष रोटेरियन गिरिजा सारडाले बताइन्।

कार्यक्रममा कुसुम चैनवाला, सपना सिंघल र स्नेहा अटल पनि उपस्थित थिए। सामग्री प्राप्त गरेपछि दुवै विद्यालयका विद्यार्थीहरू अत्यन्तै खुसी र उत्साहित देखिएका थिए।

रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले समुदायमा केन्द्रित सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka