Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भ्लादिमिर पुटिन भारतमा, के छ अमेरिकी नजर ?

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर १९, २०८२  | अपराह्न १२:४२ बजे
Hamro Biratnagar Headlines

नयाँ दिल्ली । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एक भारतीय निजी समाचार च्यानललाई दिएको अन्तर्वार्तामा इन्धन खरिदलाई लिएर अमेरिकाको ‘दोहोरो नीति’ माथि कडा प्रश्न उठाएका छन् ।

भारत भ्रमणको सिलसिलामा बिहीबार साँझ नयाँ दिल्ली पुगेका पुटिनले इन्डिया टुडेसँगको कुराकानीमा अमेरिकाले एकतर्फ न्युक्लियर रियाक्टर इन्धनका लागि आवश्यक युरेनियम रुसबाट खरिद गरिरहने तर अर्कोतर्फ भारतलाई रुसबाट ऊर्जा आयात रोक्न दबाब दिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

बिज्ञापन

उनले स्पष्ट पारे, ‘यदि अमेरिकासँग रुसबाट इन्धन खरिद गर्ने अधिकार छ भने, भारतले पनि त्यही अधिकार पाउनुपर्छ ।’ पुटिनले यो विषयमा विस्तृत छलफलका लागि आफू तयार रहेको र यसमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समेत कुरा गर्न सकिने बताए ।

चार वर्षपछि पुटिन पहिलो पटक भारत भ्रमणमा आएका हुन्, जहाँ विमानस्थलमा प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्तिगत रूपमा उनको स्वागत गरेका थिए ।

अमेरिकाले २५ प्रतिशत रेसीप्रोकल ट्यारिफबाहेक रुसी तेल आयातमा भारतमाथि अतिरिक्त २५ प्रतिशत ट्यारिफ लगाएको छ । यसले गर्दा रुसबाट तेल आयात भारतका लागि सहज नहुने स्थिति बनेको छ । पछिल्लो तथ्याङ्कले पनि अक्टोबर २०२५ मा रुसबाट भारतको तेल आयात ३० प्रतिशतसम्म घटेको देखाएको छ ।

यद्यपि, पुटिनले आफ्नो अन्तर्वार्तामा रुससँग भारतको ऊर्जा साझेदारी स्थिर रहेको र यो तत्कालको उतार चढाव वा युक्रेनको ‘दुखद घटनाहरू’ बाट प्रभावित नहुने दाबी गरेका छन् ।

यता, ट्रम्प प्रशासनले भारत रुसी तेलको दोस्रो ठुलो खरिदकर्ता भएको र यसरी उसले पुटिनलाई युक्रेन युद्धमा मद्दत गरिरहेको आरोप लगाएको छ, जसलाई भारतले लगातार खण्डन गर्दै आएको छ । भारतीय अधिकारीहरूले भारतले रुसको युद्धबाट मुनाफा कमाइरहेको भन्ने आरोपलाई ‘दोहोरो मापदण्ड’ बताउँदै आएका छन् ।

ट्यारिफलाई हतियारको रूपमा प्रयोग गर्ने ट्रम्प प्रशासनको नीतिको बारेमा पुटिनले भने, ‘उनीहरू आफ्नो नीतिलाई अगाडि बढाउँछन् ।

उनीहरूसँग सल्लाहकारहरू छन् जसले व्यापार साझेदारहरूमा ट्यारिफ लगाउने नीतिले अमेरिकी अर्थतन्त्रलाई अन्ततः फाइदा हुने विश्वास गर्छन् । मलाई लाग्छ उहाँ (ट्रम्प) ले राम्रो नियतले त्यसो गर्नुहुन्छ । हाम्रो सल्लाहकारहरूले यसमा हाम्रो लागि जोखिम देख्छन् ।’

पुटिनले रुसले भारतबाट थप सामान खरिद गर्नका लागि नयाँ विकल्प खोजिरहेको बताए । यसले गर्दा भारतीय आयात बढोस् र दुई देशबिचको व्यापार असन्तुलन कम होस् भन्ने आफ्नो चाहना रहेको उनको भनाई छ।

उनले भारत र चीन दुवैलाई आफ्नो घनिष्ठ मित्र बताउँदै प्रधानमन्त्री मोदी र सी जिनपिङलाई ‘समझदार नेता’ को रूपमा व्याख्या गरे, जो कठिन मुद्दाहरू समाधान गर्न दृढ छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै पुटिनले भने, ‘हाम्रो धेरै भरपर्दो र मैत्री सम्बन्ध छ । उहाँ एक अत्यन्त भरपर्दो व्यक्ति हुनुहुन्छ । यस मामिलामा म बिल्कुल इमानदारीपूर्वक बोलिरहेको छु ।

भारत भाग्यमानी छ कि उसले मोदीजस्तो नेता पाएको छ । उहाँ भारतको लागि बाँच्नुहुन्छ र सास फेर्नुहुन्छ ।’

अमेरिकाकी दबाबको असर?
अक्टोबरमा ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीले रुसबाट तेल खरिद गर्न रोक्न सहमति जनाएको दाबी गरेका थिए । तर, भारतीय विदेश मन्त्रालयले ‘भारतीय उपभोक्ताहरूको हितको सुरक्षालाई प्राथमिकता’ दिने प्रतिक्रिया दिएको थियो ।

दिल्लीस्थित थिंक ट्याङ्क ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) का प्रमुख अजय श्रीवास्तवका अनुसार, अक्टोबर २०२५ मा रुसबाट कुल आयात गत वर्षको तुलनामा २७.७ प्रतिशतले घटेर ४.८ अर्ब डलरमा झरेको छ ।

उनले भने, ‘रोसनेफ्ट र लुकोइलजस्ता कम्पनीहरूलाई निशाना बनाइरहेका छन् । यी कम्पनीहरूले रुसको ५७ प्रतिशत तेल उत्पादन गर्छन् । यी कम्पनीहरूबाट खरिदमा तीव्र गिरावट आएको छ । अब आयात केवल ती रुसी कम्पनीहरूबाट मात्र जारी छ जुन प्रतिबन्ध सूचीमा छैनन्, जसले यो देखाउँछ कि भारत अमेरिकाको अपेक्षाहरू अनुसार कदम उठाइरहेको छ ।’

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka