Premier Cables
Premier Steel

विराटनगर

समयको पदचाप बुझ्न नसक्दा कांग्रेसमा युवा पलायन बढेको होः साह

Calendar शुक्रबार, मंसिर १९, २०८२  | बिहान ११:२० बजे

विराटनगर । युवा नेता वीरेन्द्र कुमार साहले नेपाली कांग्रेसमा युवाको मनोभाव बुझ्ने र अवसर दिइने परिपाटी घट्दै जँदा युवा आकर्षण बढेको बताएका छन् ।

काठमाडौ पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका साहले कांग्रेसले समयको पदचाप पछ्याउन नसक्दा पार्टीबाट युवा पलायन बढेको समेत बताएका छन् ।

बिज्ञापन

कांग्रेस मोरङ सदस्य तथा सूचना विभाग प्रमुख साहले हालै कांग्रैस परित्याग गरेका थिए । अब मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचन तयारीमा जुट्ने गरी साहलाई रास्वपाले जिम्मेवारी दिएको बताइएको छ ।

उनले आफू अब नयाँ ढंगले राजनीतिमा सक्रिय हुने समेत बताएका छन् । साह सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka