चितवन । चितवनमा जारी रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन । प्रतिनिधिहरुको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया जारी रहेकाले बन्दसत्र पनि प्रभावित भएको हो ।
आइतबार उदघाटन भएको महाधिवेशनको बन्दसत्र आज बिहान साढे ८ बजेदेखि सुरु गर्ने भनिएको थियो । तर अझै सुरु हुन सकेको छैन ।
निर्वाचन समितिले आइतबार ४ हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो । तर नामावलीमा अत्यधिक त्रुटि भएकाले सच्याउने क्रम जारी छ । प्रतिनिधिहरुले नाम सच्याउने निवेदन दिनका लागि फाराम भर्दै बुझाइरहेका छन् ।
निर्धारित समयमा बन्दसत्र हुन सकेको छैन । त्रुटि सच्याउने संख्या उल्लेख्य थियो । फारम वितरण भइरहेको छ ।
अहिले बन्दसत्रस्थल वरपर रास्वपाका प्रतिनिधिहरुको उल्लेख्य भिडभाड छ ।
बन्दसत्रमा केन्द्रीय समितिबाट पारित भएको विधान संशोधन प्रस्ताव, सांगठनिक तथा राजनीतिक प्रतिवदेन, आर्थिक प्रतिवेदनहरु पेश गर्ने कार्यक्रम छ ।


