Premier Cables
Premier Steel

राष्ट्रिय

रास्वपा केन्द्रीय कार्यालयमा ‘नागरिक, नीति र नेतृत्व’ विषयक छलफल

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | साँझ ६:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा ‘नागरिक, नीति र नेतृत्व’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पार्टीका केन्द्रीय सदस्यहरू एवं आम नागरिकहरूसँग समसामयिक राजनीतिक तथा सामाजिक विषय, नीति निर्माणका प्रक्रिया र नेतृत्व विकासका आयामबारे गहन छलफल गर्नुभयो।

विज्ञापन

छलफलका क्रममा नागरिकका अपेक्षा, सार्वजनिक सेवा प्रवाहमा देखिएका चुनौती र सरकारी कामकारबाहीलाई अझ बढी पारदर्शी, सहज र प्रभावकारी बनाउने उपायहरूमाथि व्यापक विचार-विमर्श भएको थियो।

कार्यक्रममा सहभागीहरूले नीति निर्माण तहमा नागरिकको प्रत्यक्ष सहभागिता र नेतृत्वमा जवाफदेहिताको आवश्यकतामाथि जोड दिएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka