नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी बालंखा र हसनपुरबाट खटिएको प्रहरी टोलीले आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाका वडा एरियाका बिभिन्न स्थानमा करिव ७२ रोपनी क्षेत्रफलमा रहेको गाँजा फडानी गरिएको हो ।
करिब ७ हजार २ सय ५० वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले सहिदभूमि गाँउपालिका ३ स्थित डाँडापाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेको ७ सय गाँजाको बोट तथा बिरुवाहरु फडानी गरेर नष्ट गरिएको जनाइएको छ ।
