Premier Cables
Premier Steel

विराटनगर

एमाले महाधिवेशनमा प्रतिनिधि बन्न मोरङका १४५ जनाको मनोनयन दर्ता

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०९, २०८२  | राती ८:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा मोरङबाट ४६ जना प्रतिनिधि चुन्न मनोनयन दर्ता भएको छ ।

प्रतिनिधिमा १४५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा ६ र दलित एक गरि ७ वटा निर्वाचन क्षेत्रका निर्वाचन समितिमा महाधिवेशन प्रतिनिधिहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

बिज्ञापन

२१ खुला, १५ महिला, ३ दलित र ७ यूवा प्रतिनिधिका लागि १४५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । मोरङ क्षेत्र नं १ को खुला तर्फ ४ प्रतिनिधिका लागि १३ जना, ३ महिलाका लागि ८ जना र एक यूवा प्रतिनिधिका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

खुल्ला तर्फ गंगाप्रसाद बाँस्तोला, गंगा खरेल, सुरेन्द्रकुमार शेर्मा, योगराज लिम्वु, डिल्लीराम शर्मा अधिकारी, उमाकान्त गौतम, डिल्लीप्रसाद खतिवडा, देवीप्रसाद आचार्य, पर्तमान धिमाल, बुद्धिमान लिम्वु, सुमन मिरिङचिङ, भूपेन्द्रकुमार लावती, यज्ञप्रसाद सुवेदीको उम्मेदवारी परेको छ ।

महिला तर्फ कृष्णकुमारी पोखरेल, मेनुका आचार्य, उर्मिला थापा, मेनु पाण्डे, सरला राई, शान्तिकुमारी लिम्वु, हिरा श्रेष्ठ र मिनाकुमारी खतिवडाको उम्मेदवारी परेको छ । यूवातर्फ नितम चौहान,उर्गेन तामाङ र भीमबहादुर कार्कीले मनोनयन दर्ता गराएका छन् ।

क्षेत्र नं २ को खुल्ला तर्फ ४ प्रतिनिधिका लागि १२ जना, महिला तर्फ २ प्रतिनिधिका लागि ६ जना र यूवा तर्फ एक प्रतिनिधिका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

खुल्ला तर्फ ऋषीकेश पोखरेल, अनिलकुमार पोखरेल, विष्णु पोखरेल, शंकर थापा, डिवी कार्की, श्याम राजवंशी, गोपालबहादुर कार्की, सुशील बुढाथोकी, हसन इमाम बक्स, लिलाबल्लभ अधिकारी, जगत काफ्ले (झमक) र राम गुरुङको उम्मेदवारी परेको छ । महिला तर्फ नुरसदी बेगम, मीराकुमारी दास, भूमिका दुलाल, गितादेवी बानियाँ, सरोजकुमारी झा, रामजना अधिकारीले मनोनयन दर्ता गराएका छन् । यूवा तर्फ हेमेश्वर राई, बमलाल खवास र करण ठाकुरदे उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं ३ को खुल्ला तर्फ ४ प्रतिनिधिका लागि २४ जना, महिला तर्फ ३ प्रतिनिधिका लागि ७ जना र यूवा तर्फ २ प्रतिनिधिका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

खुला तर्फ भगतचन्द्र थपलिया, इरान राई, भोलाप्रसाद अधिकारी, ज्ञानेन्द्र सुवेदी,सन्तोष बान्तवा, बासुदेव थापा (नविन), सुरेन्द्रबहादुर थापा, प्रकाशबहादुर कार्की, बीरेन्द्र श्रेष्ठ, भूपाल श्रेष्ठ, रोशनप्रसाद ढकाल, भोजराज श्रेष्ठ, राजकुमार ओझा, रविन थापा, बाबुराम येङदेन, अम्बरबहादुर गुरुङ, शंकर गुरुङ, मातृकाप्रसाद ढकाल, केदारप्रसाद गुरागाई, दिलिपकुमार राई, चन्द्र नेउपाने, रमेश दाहाल, प्रकाश राई र दिलप्रसाद राईले मनोनयन दर्ता गराएका छन् ।

महिला तर्फ यसोदा लिम्वु, धनमाया तामाङ, यमुना विष्ट, सीता तामाङ, दुर्गा सुवेदी दंगाल, रत्नदेवी गुरुङ (मधु) र अञ्जु सिग्ेदलको उम्मेदवारी परेको छ । यूवा तर्फ नविन पौडेल, विजय डाँगी, भविन पाण्डे, निरजकुमार ढकाल, हिमालय थापा ९पर्वत० र ई।प्रदिप नेपालले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं ४ को खुल्ला तर्फ ३ प्रतिनिधिका लागि ७ जना, महिला तर्फ २ प्रतिनिधिका लागि ५ जना र यूवा तर्फ एक प्रतिनिधिका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

खुला तर्फ बाबुराम कार्की, नरेन्द्र वस्नेत, मुकेश बुढाथोकी, विज्ञान चापागाई, महेशप्रसाद भट्टराई, धनराज राई ९मिलन० र बासु वस्नेत, महिला तर्फ विमला दाहाल घिमिरे, तिर्था आचार्य, फुलथुंगा खतिवडा, लिलादेवी रिजाल र गुणावती धामीको उम्मेदवारी परेको छ ।

यूवातर्फ राम पोखरेल, निरञ्जन ढुगांना, नवराज नेपाल (टुप्पी) र अर्जुन गिरीले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं ५ को खुल्ला तर्फ ३ प्रतिनिधिका लागि ८ जना, महिला तर्फ २ प्रतिनिधिका लागि ४ जना र यूवा तर्फ एक प्रतिनिधिका लागि २ जनाको उम्मेदवारी परेको छ ।

खुल्ला तर्फ सुरजकुमार राजवंशी, मनोज अग्रवाल, दिलिपकुमार बगडिया, विक्रम तिवारी, अजिम आलम, ज्ञानेश्वर राजवंशी, जयनरथ गिरी ९कृष्ण० र डिल्लीराम घिमिरे, महिला तर्फ उषा झा, पुनम कोइराला, शान्ता डंगोल र कमला श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।
यूवा तर्फ मजहर आलम र हमिद आजादको उम्मेदवारी परेको छ ।

क्षेत्र नं ६ को खुल्ला तर्फ ४ प्रतिनिधिका लागि ११ जना, महिला तर्फ २ प्रतिनिधिका लागि ५ जना र यूवा तर्फ एक प्रतिनिधिका लागि ७ जनाको उम्मेदवारी परेको छ ।

खुल्ला तर्फ रमेशप्रसाद पोखरेल, पीतकुमार श्रेष्ठ, विनोदप्रसाद ढकाल, सत्यनारायण चौधरी, मिनकुमार आचार्य, मकरबहादुर बुढाथोकी, यूवराज बराल, गिरेन्द्र कार्की, भोला बराल, ज्ञानेन्द्र ओझा र रोहित कोइरालाले उम्मेदवारी दिएका छन् ।

महिला तर्फ सरस्वती भण्डारी, सरस्वती खरेल, रिता न्यौपाने, चेतकुमारी वस्नेत, जानुका बड्तौला, यूवा तर्फ, सन्तोष घिमिरे, प्रतिक ढकाल, प्रविण घिमिरे, नविन पहाडी, पुजा लम्साल थापा, सागर बराल, किरण लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

दलित क्षेत्रको खुल्ला तर्फ २ प्रतिनिधिका लागि ७ जना, र महिला तर्फ एक प्रतिनिधिका लागि ३ को उम्मेदवारी परेको छ ।

दलित क्षेत्रको खुल्ला तर्फ किशोर विश्वकर्मा, मन्टुकुमार राम मोची, खेमराज नेपाली, डिल्ली विश्वकर्मा, किशनलाल सरदार, जितनारायण सरदार, टुनाकुमारी विक र म्हिला तर्फ रिन्कुदेवी परियार, गितादेवी शिवा र दुर्गा नेपालीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

आगामी मंसिर २७–२९ सम्म काठमाण्डौंमा हुने महाधिवेशन प्रतिनिधिका लागि मंसिर १३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिएको छ । मंसिर ११ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

मोरङमा ४६ प्रतिनिधि चयनका लागि २३ हजार १७९ मतदाता रहेको एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले जानकारी दिए ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa