Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

कोशी प्रदेश सभा सचिवमा सुदर्शन खड्का , सचिवालय कटहरी कृषि बजार सारियो

Calendar बुधबार, कार्तिक २६, २०८२  | बिहान ११:५० बजे

विराटनगर । कोशी प्रदेश सभाका नयाँ सचिवका रूपमा सुदर्शन खड्का सिफारिस भएका छन्। सभामुख अम्बर बहादुर विष्टले उनको नाम प्रदेश प्रमुख समक्ष औपचारिक सिफारिस गरेका हुन्। सचिवालयका अनुसार, खड्काले आज अपरान्ह ३ बजे शपथग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।

५६ वर्षीय खड्का भक्तपुरको चाँगुनारायण नगरपालिका–४ निवासी हुन्। उनले अर्थशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा स्नातकोत्तर र शिक्षा शास्त्रमा स्नातक (एक वर्षे बीएड) अध्ययन पूरा गरेका छन्।

बिज्ञापन

व्यक्तिगत रूपमा विवाहित खड्काका पत्नी ललिता खड्का हुन्। उनीहरूका एक छोरा र दुई छोरी छन्। उनका बुबा धन बहादुर खड्का र आमा टु कुमारी खड्का हुन्।

सञ्चार तथा लेखन क्षेत्रमा समेत सक्रिय खड्काका विभिन्न पत्रपत्रिकामा समसामयिक विषयमा लेख रचना प्रकाशित भएका छन्। उनले भारत, श्रीलङ्का, जर्मनी, अमेरिका, चीन, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर र हङकङ लगायत देशहरूको भ्रमण गरेका छन्।

नयाँ सचिव खड्काबाट प्रदेश सभाको प्रशासनिक दक्षता, पारदर्शिता र कार्यसम्पादन सुधारमा उल्लेखनीय योगदान हुने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka