Premier Cables
Premier Steel

राजनीति

चुनाव सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक २३, २०८२  | अपराह्न १:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरेका छन्। उनले संविधान र लोकतन्त्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन प्रतिनिधिसभा सदस्यको निर्वाचन सफल हुनुपर्ने बताएका हुन्।

आइतबार सिंहदरबारमा आयोजित सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव समारोहमा बोल्दै राष्ट्रपति पौडेलले युवापुस्तामा सुशासन र विकासप्रतिको बढ्दो अपेक्षालाई ध्यानमा राखी सबैले निर्वाचनमा सकारात्मक भूमिका निभाउनुपर्ने बताएका छन्।

बिज्ञापन

राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरण र त्यसको प्रतिफल जनतासम्म पुर्‍याउने कार्यमा सञ्चारमाध्यमको भूमिका अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गरे। उनले देशमा भइरहेको सकारात्मक परिवर्तन, विकासका पहल र सम्भावनाबारे नागरिकलाई सही र विश्वसनीय जानकारी दिन सञ्चारमाध्यम दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए।

उनका अनुसार सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो र यस्तो सूचना प्रवाह गर्नु सञ्चारमाध्यमको कर्तव्य तथा जिम्मेवारी हो। उनले प्रविधिको दुरुपयोगमार्फत भ्रम, मिथ्या र संशयपूर्ण सूचना फैलाएर जनतालाई दिग्भ्रमित पार्ने जोखिमबाट बच्न जिम्मेवार सञ्चार माध्यमहरूले सतर्क रहनुपर्ने धारणा राखे।

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आमसञ्चार माध्यमको व्यवसायिक विकासका लागि प्रसारण गरिने सामग्रीको गुणस्तर र मौलिकता महत्वपूर्ण हुने बताए। उनले सार्वजनिक सेवा प्रसारणले फरक र सिर्जनात्मक विषयवस्तु प्रस्तुत गर्नुपर्ने चुनौती रहेको उल्लेख गर्दै संस्थालाई दिगो रूपमा अघि बढाउन आवश्यक तयारी गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको थियो र नयाँ च्यानल ‘एन टिभी वर्ल्ड’ को औपचारिक शुभारम्भ पनि गरिएको थियो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka