Premier Cables
Premier Steel

राजनीति

नेपाली कम्युनिष्ट पार्टी, के-के छन् ९ बुँदे प्रस्ताव?

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १९, २०८२  | साँझ ५:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले नौ बुँदे प्रस्ताव पारित गरेको छ। सम्मेलनले पार्टीको नाम, चुनाव चिन्हलगायतका विषयमा निर्णय गर्दै ९ बुँदे प्रस्ताव अनुमोदन गरेको हो।

सम्मेलनमा वर्षमान पुन ‘अनन्त’ले प्रस्तुत गरेका प्रस्तावहरू प्रतिनिधिहरूले ताली बजाएर सर्वसम्मत रूपमा पारित गरे।

बिज्ञापन

सम्मेलनले एकता प्रक्रियामा सहभागी सबै दलहरूले मिलेर नयाँ “नेपाली कम्युनिष्ट पार्टी” गठन गर्ने निर्णय गरेको छ।

पारित नौ बुँदे प्रस्तावहरू
१. एकता प्रक्रियामा सहभागी सबै पार्टीहरूले मिलेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय।

२. पार्टीको चुनाव चिन्ह ‘पाँच कुने तारा’ रहने।

३. एकतामा सहभागी सबै सदस्यहरू अबदेखि ‘नेपाली कम्युनिष्ट पार्टी’का सदस्य मानिने।

४. एकतामा सहभागी दलका नेतासँग आवश्यक परामर्श गरेर केन्द्रीय संरचना पूर्णता दिने, संगठनात्मक समायोजन गर्ने र सबै घटकका केन्द्रीय समितिहरू समायोजन गरी नयाँ केन्द्रीय समिति गठन गर्ने निर्णय।

५. संगठनात्मक समायोजन र संरचना पूर्णता दिने अधिकार पार्टीका संयोजक र सह–संयोजकलाई प्रदान गर्ने प्रस्ताव पारित।

६. प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, र नेकपा (माओवादी समाजवादी)को चुनाव चिन्हबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि ‘नेपाली कम्युनिष्ट पार्टी’का जनप्रतिनिधि मानिने।

७. एकतामा सामेल दलहरूको चल–अचल सम्पत्ति, बैंक मौज्दात लगायतका सम्पूर्ण सम्पत्ति र दायित्व अबदेखि ‘नेपाली कम्युनिष्ट पार्टी’को स्वामित्वमा रहने।

८. ‘नेपाली कम्युनिष्ट पार्टी’को घोषणापत्र पारित।

९. पार्टीको विधान छलफल र सुझावसहित पारित।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka