Premier Cables
Premier Steel

विराटनगर

महेन्द्र मोरङ क्याम्पसको बदमासीः बीबीए प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीलाई ‘वेटिङ लिस्ट’मा राखिदियो !

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १७, २०८२  | साँझ ५:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । महेन्द्र मोरङ क्याम्पसले बीबीए कार्यक्रमको प्रवेश परीक्षाको नतिजा रातारात परिमार्जन गरेपछि अभिभावक र विद्यार्थी आन्दोलित बनेका छन्। गत भदौ २१ गते लिइएको प्रवेश परीक्षाको नतिजा कात्तिक १६ गते अपरान्ह प्रकाशित गरिएको थियो, तर भोलिपल्ट बिहान नै उक्त नतिजा परिवर्तन गरी नयाँ सूची सार्वजनिक गरिएको हो।

नतिजा परिवर्तन भएपछि ६ जना विद्यार्थी ‘मेरिट लिस्ट’बाट हटाइएर ‘वेटिङ लिस्ट’मा पुर्‍याइएका छन्। तीमध्ये विराटनगर जामुनगाछीका सुनीलकुमार शाहीका छोरा संकल्प शाही र नवीन कर्णकी छोरी अदिती कर्ण पनि परेका छन्।

बिज्ञापन

सुनील शाहीले भने, “मेरो छोरा ९९औं नम्बरमा उत्तीर्ण भएको थियो, तर नतिजा परिवर्तनपछि उसलाई वेटिङको छैठौं नम्बरमा राखियो। यस्तो अन्याय हामी स्वीकार गर्न सक्दैनौं।” उनले यसबारे कोअर्डिनेटर मोहन श्रेष्ठसँग बुझ्दा सन्तोषजनक जवाफ नपाएको र न्यायका लागि अख्तियार तथा न्यायालय जाने तयारीमा रहेको बताए।

त्यस्तै, अभिभावक नवीन कर्णले भने, “उत्तीर्ण विद्यार्थीको नाम हटाएर अन्यलाई मेरिटमा राखिएको छ। यो स्पष्ट रूपमा अख्तियारको दुरुपयोग हो।” उनका अनुसार नतिजा परिवर्तन अभिभावकलाई जानकारी नदिई अपारदर्शी रूपमा गरिएको हो।

१६ गते प्रकाशित नतिजाको आधारमा विद्यार्थीलाई भर्ना गर्न सूचना जारी गरिए पनि १७ गते बिहान नतिजा परिवर्तन भएको थाहा पाएपछि अभिभावक र विद्यार्थीले विरोध जनाएका छन्।

बिबिए संकायका प्रमुख मोहन श्रेष्ठले भने नतिजा कलेजको कार्यविधिअनुसार परिमार्जन गरिएको दाबी गर्दै केही विद्यार्थीले हकदाबी गरेपछि उचित ठहरिएकाले नतिजा संशोधन गरिएको बताए। उनले यसबाट विद्यार्थीमा परेको प्रभावबारे क्षमायाचना समेत गरे।

तर अभिभावकहरू यो स्पष्टीकरणले सन्तुष्ट छैनन्। उनीहरूले नतिजा परिमार्जन ‘चलखेल’का आधारमा गरिएको भन्दै छानबिनको माग गरेका छन्। साथै, पहिलो नतिजा कार्यान्वयन नगरे कानुनी कदम चाल्ने चेतावनी दिएका छन्।

महेन्द्र मोरङ क्याम्पसले बीबीए कार्यक्रममा प्रत्येक वर्ष ९९ जना विद्यार्थीलाई भर्ना गर्दै तीनवटा सेक्सनमा विभाजन गरेर ३३ जनाका दरले अध्यापन गर्दै आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka