Premier Cables

कोशी प्रदेश राजनीति

हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई आधिकारिकता, आज प्रमाण पत्र लिने

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १६, २०८२  | बिहान १०:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टी निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाउन लागेको छ। पार्टीलाई आधिकारिकता प्राप्तिको प्रमाणपत्र आज (आइतबार) दिउँसो २ बजे निर्वाचन आयोगबाट लिने कार्यक्रम तय गरिएको पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले जानकारी दिए।

साम्पाङ नेतृत्वको यस पार्टीको चुनाव चिह्न ‘माटो’ रहेको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङ स्वयं हुन् भने उपाध्यक्षमा देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ रहेका छन्। पार्टीमा २८ जना केन्द्रीय सदस्य छन्।

विज्ञापन

गत असोज १२ गते आइतबार साम्पाङ स्वयं निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए। आयोगले सबै प्रक्रिया पूरा गरेपछि पार्टीलाई आधिकारिक मान्यता दिने तयारी गरेको हो।

आज दिउँसो अध्यक्ष साम्पाङ स्वयं निर्वाचन आयोगमा उपस्थित भई पार्टीको आधिकारिकता प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम रहेको खड्काले बताए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka