Premier Cables
Premier Steel

राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक आज

Calendar बिहिबार, असोज ३०, २०८२  | बिहान ९:५५ बजे

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज (असोज ३०) बस्दै छ । बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

मंगलबार (असोज २८) सुरु बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । त्यससँगै बैठक स्थगन गरिएको थियो । बुधबार (असोज २९) बैठक राखिएन ।

बिज्ञापन

मंगलबार बैठकमा सम्बोधन गर्दै देउवाले कार्यवाहक सभापति उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका थिए ।

पार्टी विशेष महाधिवेशनमा जाने वा नियमित गर्ने, १४औँ महाधिवेशनका बहुसंख्यक प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई बुझाएको हस्ताक्षर, निर्वाचन वा संसद् पुनर्स्थापना भन्ने बारेमा बैठकबाट निर्णय गरिने बताइएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka