






विराटनगर । विराटनगरको जलजालमोडमा गएराति कार र मोटरसाइकल एक आपसमा जुधेका छन् । राति करिब पौने ११ बजेतिर भएको दुर्घटनामा परी मोटरसाइकल चालक घाइते भएका छन् ।
प्रदेश १-०४-००१ प ८५८० नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरु भने घाइते भएका छन् । घटनामा परी मोरङको धनपथलान–४ निवासी ५२ वर्षीय मोजिम अन्सारी र २८ वर्षीय सिन्धु स घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार, दुबै जना सोही मोटरसाइकलमा सवार रहेका बेला दुर्घटना भएको हो।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकललाई सेतो रङको ओमोदा ब्रान्डको कारले ठक्कर दिएको थियो। कार अत्यधिक गतिमा थियो । चालकले मादक पदार्थ सेवन गरेको अनुमान गरिएको छ । मोटरसाइकललाई ठक्कर दिएपछि कार र चालक दुवैजना फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुँडालले जानकारी दिएकी छिन् ।
घाइते दुई जनालाई स्थानीयले तत्काल उद्धार गरी उपचारार्थ अस्पताल लगेका थिए । सिसिटिभी फुटेजको आधारमा कार र चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।