Premier Cables
Premier Steel

समाचार

छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा बूढीगंगामा २ जनाको मृत्यु

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, साउन ३१, २०८२  | अपराह्न १२:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा शुक्रबार राति भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

पहिलो दुर्घटना बूढीगंगा–२ अमाही बोक्ला टोलस्थित भित्री सडकखण्डमा राति १०:१५ बजे भएको हो। नेमुवाबाट अमाहीतर्फ गइरहेको को ३५ प ५०३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३५ वर्षीय विकासकुमार भगत गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो, तर उपचारको क्रममा राति १२:३२ बजे मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।

बिज्ञापन

दोस्रो दुर्घटना बूढीगंगा–३ स्थित एसियन फ्यूल सेन्टर नजिकै कोशी लोकमार्गमा राति ११ बजे भएको हो। नेमुवाबाट विराटनगरतर्फ जाँदै गरेको को २१ प ८६९२ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको थियो।

उक्त मोटरसाइकलको पछाडि सवार विराटनगर–४ का ४२ वर्षीय कात्तिक विश्वास गम्भीर घाइते भएका थिए। उनलाई तुरुन्तै उद्धार गरी कोशी अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। दुर्घटनामा मोटरसाइकल चालक विराटनगर–४ का सञ्जय थान्दार गम्भीर घाइते भएका छन् र हाल उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुवै दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka