Premier Cables

राजनीति

मन्त्रिपरिषद्‌ विस्तारमा ढिलाइ, जेन-जीभित्रै सहमति नजुट्दा अप्ठ्यारो

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २६, २०८२  | बिहान ८:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सरकार गठनको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद्‌ अझै पूर्ण हुन सकेको छैन। मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुको मुख्य कारण भने जेन–जी (जातीय, क्षेत्रीय, लैंगिक तथा सामाजिक समावेशीता) समूहभित्र मन्त्री चयनबारे सहमति नजुट्नु हो।

प्रधानमन्त्री सुशीला कार्कीले निरन्तर छलफल गरिरहे पनि जेन–जी तर्फका मन्त्रीको टुंगो लाग्न सकेको छैन। कार्की भदौ २७ गते प्रधानमन्त्री बनेकी थिइन्। हालसम्म दुई चरणमा मन्त्रिपरिषद् विस्तार भई आठ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।

विज्ञापन

सामाजिक सञ्जालमा गणपतीलाल श्रेष्ठ, बब्लु गुप्ता, डा. रामजी राम र टाँसी ल्हाजोमका नामहरू मन्त्रीका रुपमा चर्चामा छन्। तर ती व्यक्तिहरूले आफैं मन्त्री बन्नेबारे जानकारी नपाएको बताएका छन्।

डा. रामजी रामले अहिलेसम्म कसैले पनि मन्त्रिपरिषद्‌बारे छलफल नगरेको बताएका छन्। बब्लु गुप्ताले सामाजिक सञ्जालमार्फत आफूसँग कुनै जानकारी नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।

गणपतीलाल श्रेष्ठले प्रधानमन्त्रीसँग केही दिनअघि छलफल भएको भनेका छन् भने टाँसी ल्हाजोमसँग सम्पर्क हुन सकेको छैन।

यसबीचमा केही जेन–जी अगुवाहरूले सरकारसँग मन्त्री चयनको प्रक्रिया स्पष्ट पार्न माग गरेका छन्। अगुवा मिराज ढुंगानाले “मन्त्री को सिफारिस गरिरहेको छ?” भनेर प्रश्न उठाएका छन्। अर्का अगुवा सुदन गुरुङले आफूपट्टिबाट कुनै नाम सिफारिस नगरेको स्पष्ट पार्दै, प्रधानमन्त्रीले आफ्नो विवेक अनुसार मन्त्री नियुक्त गरिरहेको बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka