






विराटनगर । अर्थमन्त्री रामेश्वर खनाल आज विराटनगर आइपुगेका छन्। उनी दिउँसो विराटनगर विमानस्थलमा अवतरण गरेपछि भिआइपी कक्षको प्रयोग नगरी सामान्य यात्रुको लाइनबाट बाहिरिए।
विमानस्थलबाट बाहिरिने क्रममा उनले भिआइपी गाडीको सट्टा साधारण निजी गाडी प्रयोग गरे र सामान्य यात्रु जस्तै गन्तव्यतर्फ प्रस्थान गरे।
विमानस्थलमा उनका स्वागतका लागि विराटनगरका केही उद्योगी र व्यवसायी उपस्थित थिए। नेपाल उद्योग वाणिज्य महासंघका कोसी प्रदेश अध्यक्ष राजेन्द्र राउत र मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष नवीन रिजाललगायतका व्यक्तिहरूले मन्त्री खनाललाई स्वागत गरे।
आजको कार्यक्रममा मन्त्री खनाल भन्सार कार्यालयको नयाँ प्रणालीको उद्घाटन गर्ने छन्। साथै, उनले अर्थमन्त्रालयसँग सम्बन्धित विभिन्न कार्यालयहरूको गतिविधिका बारेमा जेन जि आन्दोलनको प्रभावबारे जानकारी लिने छन्।
अपरान्ह ४ बजे, मन्त्री खनाल विराटनगरका उद्योगी र व्यवसायीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय भएको छ।