Premier Cables

मौसम

यस वर्षको मनसुन नेपालबाट बाहिरियो

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २४, २०८२  | राती ८:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपालभर फैलिएको मनसुन प्रणाली यस वर्ष असोज २४ गते शुक्रबारका दिन सम्पूर्ण भू-भागबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

विभागले शुक्रबार सार्वजनिक गरेको बुलेटिनमा भनिएको छ,
“आज मिति २०८२ असोज २४ गतेका दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएको छ।”

विज्ञापन

यसअघि, असोज २० गते सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भाग र गण्डकी प्रदेशको केही पश्चिमी स्थानहरूबाट मनसुन बाहिरिने प्रक्रिया सुरु भएको थियो।

नेपालमा सामान्यतया जुन महिनाको दोस्रो सातातिर मनसुन प्रवेश गर्छ र अक्टोबरको पहिलो वा दोस्रो साता बाहिरिन्छ। यस वर्ष मनसुनको आगमन अलिकति ढिलो भएको भए पनि त्यसको समाप्ति लगभग सामान्य समयमा भएको विभागको भनाइ छ।

अबको मौसम शुष्क हुने अनुमान गरिएको छ र चिसोको संकेतहरु देखा पर्न थाल्नेछन्। विभागले किसान, यातायात व्यवसायी, र सर्वसाधारणलाई आवश्यक तयारी गर्न आग्रह समेत गरेको छ।

Oplus_16908288

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka