Premier Cables
Premier Steel

मौसम

यस पटक पन्ध्र दिनअगावै नेपाल भित्रियो मनसुन

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar शुक्रबार, जेठ १६, २०८२  | साँझ ६:३९ बजे

काठमाडौं । यो वर्षको मनसुन बिहीबार राति नेपाल प्रवेश गरेको छ । यो वर्ष विगतभन्दा १५ दिन अगावै मनसुन पूर्वबाट प्रवेश गरेको हो । अहिले कोसी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

“जसको फलस्वरूप कोसी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ,” महाशाखाले शुक्रबार ९जेठ १६० दिउँसो जारी गरेको बुलेटिनमा उल्लेख छ ।

बिज्ञापन

गत वर्ष जेठ २८ गते अर्थात् औसत मितिभन्दा तीन दिन छिटो ९जुन १०० मनसुन नेपाल भित्रिएको थियो ।

जल तथा मौसम विज्ञान विभागले तथ्यांक राख्न थालेयता यसपालि सबैभन्दा छिटो मनसुन नेपाल प्रवेश गरेको हो । यसअघिको छिटो मिति सन् १९९६ मा मे ३१ मा मनसुन नेपाल भित्रिएको थियो । सन् १९६८ देखि विभागले नेपालमा मनसुन प्रवेश र बहिर्गमनको तथ्यांक राखेको छ ।

सन् १९८२ मा जुन २७ मा मनसुन नेपाल भित्रिएको थियो । विभागको तथ्यांकानुसार, त्यो वर्ष सबैभन्दा ढिलो मनसुन भित्रिएको थियो । सन् २०२३ मा जुन १४ मा मनसुन नेपाल प्रवेश गरेको थियो ।

देशभर मनसुन फैलन भने केही दिन लाग्छ । “नेपालका अन्य भूभागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ । हाल देशको बाँकी भूभागमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभाव यथावत् रहेको देखिन्छ,” महाशाखाले भनेको छ ।

यो वर्ष जेठ १८ देखि असोज १४ गतेसम्मका चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन छ । तापक्रम पनि सरदरभन्दा बढी हुने विभागको अनुमान छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka